रास्वपाको उम्मेदवार चयन प्रक्रिया : १२ घण्टामा ४२ प्रतिशत मत खस्यो
बिहीबार, १२ भदौ २०८२, २१ : ४१
सारांश
- रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि रास्वपाले उम्मेदवार छनोट गर्न मतदान गरिरहेको छ।
- प्राथमिक निर्वाचनमा १२ घण्टामा ४२.०८ प्रतिशत मत खसेको छ, जसमा २ हजार ७७८ मतदाता छन्।
- रास्वपाबाट उम्मेदवार बन्न ९ जनाको निवेदन परेको र कार्तिक १७ गते उपनिर्वाचन हुँदैछ।
काठमाडौँ । रूपन्देही क्षेत्र नम्बर–३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फबाट उम्मेदवार छनोट गर्न भइरहेको प्राथमिक निर्वाचनमा १२ घण्टा बित्दा ४२.०८ प्रतिशत मत खसेको छ ।
रास्वपाका अनुसार प्राथमिक निर्वाचनमा मतदान आज बिहान ७ बजेदेखि सुरु भई भोलि साँझ ७ बजेसम्म निरन्तर जारी रहनेछ । कुल ३६ घण्टा तोकिएको मतदान अवधिमा अहिलेसम्म २ हजार ७ सय ७८ मध्ये १ हजार १ सय ६९ मत खसेका छन् ।
उक्त निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर–३ का २ हजार ७ सय १६ जना पार्टी सदस्य र केन्द्रीय समिति सहित कुल २ हजार ७ सय ७८ मतदाता छन् ।
रास्वपाबाट उम्मेदवार हुनका लागि परेको ९ जना निवेदकबिच पार्टी सदस्य र केन्द्रीय समितिले मतदानमार्फत उम्मेदवार चयन गर्ने प्रक्रिया अघि बढाइएको हो । आगामी कार्तिक १७ गते रूपन्देही क्षेत्र नम्बर–३ मा उपनिर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण