आत्मसम्मानका लागि भारतविरुद्ध खेल्दै नेपाल
सारांश
- नेपाल यू-१७ महिला च्याम्पियनसिपमा भारतसँग प्रतिस्पर्धा गर्दैछ, खेल साँझ ६ बजे हुनेछ।
- प्रतियोगितामा नेपालले हालसम्म खेलेका ४ खेलमध्ये १ मा जित र ३ मा हार बेहोरेको छ।
- भारत १२ अङ्कसहित शीर्ष स्थानमा छ भने नेपाल ३ अङ्कसहित अंक तालिकामा छ।
काठमाडौँ । उपाधि होडबाट बाहिरिइसकेको नेपालले साफ यू–१७ महिला च्याम्पियनसिपमा शुक्रबार भारतको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ६ बजे भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा खेलिनेछ ।
डबल राउन्ड रोबिन फर्म्याटमा खेलिएको प्रतियोगितामा दुई टोली दोस्रोपटक आमनेसामने भएका हुन् । यसअघि पहिलो खेलमा नेपाल ०–७ गोलको विशाल अन्तरले पराजित भएको थियो ।
नेपालले हालसम्म ४ खेल खेलेको छ । जसमध्ये १ मा जित र ३ खेलमा हार बेहोरेको छ । नेपालले एक मात्र खेल आयोजक भुटानविरुद्ध जितेको थियो । उक्त खेलमा नेपाल पुनरागमन गर्दै २–१ गोलले विजयी बनेको थियो ।
त्यसपछि नेपालले बंगलादेशसँग लगातार दुई खेलमा हारको सामना गरेको थियो । पहिलो खेलमा ०–३ ले हारेको नेपाल दोस्रो खेलमा १–४ गोलले पराजित भएको थियो ।
४ खेलपछि भारत १२ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । बंगलादेश ९ अङ्कसहित दोस्रो स्थानमा छ । नेपालको ३ अङ्क छ भने भुटान अङ्कविहीन रहेको छ ।
नेपालका लागि सहारा लिम्बुले २ गोल तथा भूमिका बुढाथोकीले १ गोल गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण