भक्तपुरको बेंसीमा मनोहरा खोलाको बाढी बस्तीमा पस्यो, १४० घरपरिवार जोखिममा
सारांश
- मनोहरा खोलामा आएको बाढीले भक्तपुरको चाँगुनारायण नगरपालिका-१ बेंसीका १४० घरपरिवार जोखिममा परेका छन्।
- बाढी बस्तीमा पसेपछि खोलाको बहाव फर्काउने काम भइरहेको छ, जसमा स्थानीय र नगरपालिकाको समन्वय छ।
- स्थायी समाधानका लागि तीनवटै नगरपालिकाबीच समन्वय गरी मनोहरा करिडोर निर्माणको योजना बनाइएको छ।
भक्तपुर । चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा परेका छन् ।
बाढीको जोखिम बढेपछि मनोहरा खोलाको बहाव फर्काउने काम गरिएको चाँगुनारायण–१ वडाध्यक्ष सिजन कार्कीले जानकारी दिए । लगातार परेको वर्षाका कारण मनोहरा खोलाको बहाब बढेर बस्तीतर्फ आएर बस्ती नै जोखिममा परेपछि बहाव फर्काउने काम गरिएको उनले बताए ।
चाँगुनारायण–१ बेंसी र कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीका समन्वयमा अस्थायी रुपमा खोला फर्काएर बस्ती जोगाउने प्रयास गरिएको हो । उक्त समस्या स्थायी रुपमा समाधान गर्न तीनवटै नगरपालिकाबीच समन्वय गरिने उनले बताए ।
चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीले मनोहरा करिडोर निर्माण गरी स्थायी समस्या समाधान गर्न बजेट व्यवस्थापनको पहल भइरहेको जानकारी दिए । बाढीले चाँगुनारायण–१ दुवाकोटतर्फको जमिन कटान गरेको छ ।
मनोहरा खोलामा बन्दै गरेको पुलसम्म जाने सडक पनि खोलाले बगाएको छ । बस्ती नजिक खोला आइपुगेपछि स्थानीय त्रसित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण