देशभरका गाउँपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य
सारांश
- सङ्घीय मामिला मन्त्रालयले देशभरका गाउँपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था अन्त्य गरेको छ।
- स्थानीय तहमा पूर्ण जिम्मेवारीसहितका अधिकृतहरू पठाएपछि कर्मचारी सरुवामा हुने चलखेल अन्त्य हुने मन्त्रालयको भनाइ छ।
- मन्त्री भगवती न्यौपानेले स्थानीय तहलाई स्थायी प्रशासकीय अधिकृत तोकिएको बताइन्।
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलोपटक देशभरका गाउँपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था अन्त्य गरेको छ। यसअघि १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त अधिकृतका भरमा सञ्चालन भइरहेकाे स्थानीयतहहरुमा पूर्ण जिम्मेवारीसहितका अधिकृतहरु पठाइएकाे मन्त्रालयले जनाएकाे छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको निर्णयसँगै अब सम्पूर्ण पालिकामा पूर्ण जिम्मेवारीसहित प्रशासनिक नेतृत्व सुनिश्चित भएको मन्त्रालयले जनाएको छ।
मन्त्री न्यौपानेले भनिन्, “स्थानीय तह निमित्त कार्यालय प्रमुखका भरमा चलाउने प्रवृत्ति अन्त्य गर्छु भनेर घोषणा गरेकी थिएँ। आजदेखि देशभरका गाउँपालिका र नगरपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ।”
मन्त्रालयका अनुसार यस कदमले कर्मचारी सरुवामा हुने बाह्य चलखेल अन्त्य गर्ने, सुशासन प्रवर्द्धन गर्ने र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। साथै, पालिका प्रमुख तथा जनप्रतिनिधिलाई स्थायी अधिकृतसँग मिलेर काम गर्न आग्रह गरिएको छ।
सहसचिव दरबन्दी भएका ९ उपमहानगरपालिका र १ महानगरपालिकामा पनि छिट्टै दरबन्दीअनुसारका प्रमुख प्रशासकीय अधिकृत खटाइने तयारी भइरहेको मन्त्रालयले जनाएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण