एएफसी महिला च्याम्पियन्स लिग : एपीएफको लगातार दोस्रो हार
शुक्रबार, १३ भदौ २०८२, ०६ : ४६
सारांश
- एपीएफ फुटबल क्लब एएफसी महिला च्याम्पियन्स लिगको दोस्रो खेलमा पराजित भयो।
- थाइल्याण्डको कलेज अफ एसियन स्कोलरसँग एपीएफ ०-४ गोलले पराजित भयो।
- एपीएफको अर्को चरणमा प्रवेश गर्ने सम्भावना समाप्त भएको छ, समूहमा अंक बिहीन छ।
काठमाडौँ । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा एपीएफ फुटबल क्लब लगातार दोस्रो खेलमा पराजित भएको छ । बिहीबार राति भएको खेलमा एपीएफ थाइल्याण्डको कलेज अफ एसियन स्कोलरसँग ०–४ गोलले पराजित भएको हो ।
थाई टोलीका लागि चारै गोल कानायात छेताबुतरले गरिन् । योसँगै नेपालको अर्को चरणमा प्रवेश गर्ने सम्भावना समाप्त भएको छ ।
यसअघि नेपाल पीएफसी नासाफसँग ०–३ गोलले पराजित भएको थियो । २ खेलपछि नेपाल समूह बीमा अङ्कविहीन रहँदै पुछारमा रहेको छ ।
यो समूहमा कलेज अफ एसियन स्कोलर ६ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा नासाफको पनि ६ अङ्क नै रहेको छ । तर, गोल अन्तरका आधार टोली पछि परेको हो ।
अब एपीएफले अन्तिम खेलमा साउदी अरबको अल नासर क्लबसँग आइतबार खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण