राजधानीको जडिबुटीमा एकाबिहानै दुर्घटना, २ जनाको मृत्यु
शुक्रबार, १३ भदौ २०८२, ०७ : ३४
सारांश
- काठमाडौंको जडिबुटीमा शुक्रबार बिहानै भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।
- दुर्घटनामा स्कुटर चालक नवलपरासीका २२ वर्षीय शिरिस पौडेल र काभ्रेका २३ वर्षीय नितेश नेपालको मृत्यु भएको हो।
- जडिबुटीको आकासे पुल नजिकै रोकिराखेको बसमा स्कुटर ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
काठमाडौँ । राजधानीको जडिबुटीमा शुक्रबार एकाबिहानै सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटर चालक नवलपरासी स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेपलाञ्चोक घर भएका २३ वर्षका नितेश नेपाल रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रहरीका अनुसार बिहान करिब ३ बजेतिर जडिबुटीको आकासे पुलनजिकै सडक छेउमा रोकी राखेको बा प्र०१–००६ ख ४२४३ नम्बरको बसमा लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते उनीहरूका उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण