आईएमएफको कार्यकारी निर्देशक बने आरबीआई पूर्वगभर्नर उर्जित पटेल
शुक्रबार, १३ भदौ २०८२, १० : ४२
सारांश
- भारतीय रिजर्भ बैंकका पूर्व गभर्नर उर्जित पटेल अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यकारी निर्देशकमा नियुक्त भएका छन्।
- आईएमएफले शुक्रबार विज्ञप्ति जारी गर्दै पटेलको नियुक्तिबारे जानकारी दिएको हो।
- उर्जित पटेलले सन् २०१६ मा आरबीआईको गभर्नर पद सम्हालेका थिए र २०१८ मा राजीनामा दिए।
नयाँ दिल्ली । भारतीय केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई)का पूर्व गभर्नर उर्जित पटेल बहुपक्षीय कर्जादाता निकाय ‘अन्तर्राष्ट्रिय मुद्रा कोष’ (आईएमएफ)को कार्यकारी निर्देशकमा नियुक्त भएका छन् ।
कोषले शुक्रबार एउटा विज्ञप्ति जारी गरेर यो जानकारी दिएको हो । समाचार एजेन्सी रोयटर्सका अनुसार, पटेललाई तीन वर्षको कोषको कार्यकारी निर्देशक पदमा नियुक्त गरिएको हो ।
तत्कालीन गभर्नर रघुराम राजनले राजीनामा दिएपछि २०१६ को सेप्टेम्बरमा उर्जित पटेलले आरबीआई गभर्नरको पदभार ग्रहण गरेका थिए । व्यक्तिगत कारणहरू उद्धृत गर्दै पटेलले २०१८ को डिसेम्बरमा बैंकको गभर्नर पदबाट राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण