आसाममाथि नेपाल ‘ए’ को सहज जित, युवराजको चार विकेट
सारांश
- नेपाल 'ए' ले दोस्रो अभ्यास खेलमा आसाम प्रदेश क्रिकेट संघलाई ९६ रनले पराजित गर्यो।
- आसामले १७४ रनको लक्ष्य पछ्याउँदै ७७ रन मात्र बनायो, जसमा रुहिनन्दन पेगुले १७ रन बनाए।
- नेपालका युवराजले ४ विकेट लिए भने सन्दीप जोराले सर्वाधिक ३५ रन बनाए।
काठमाडौँ । नेपाल ‘ए’ ले दोस्रो अभ्यास खेलमा घरेलु टोली आसाम प्रदेश क्रिकेट सङ्घलाई पराजित गरेको छ। शुक्रबार सम्पन्न खेलमा नेपालले ९६ रनको जित हात पारेको हो । एसीए क्रिकेट एकेडेमीको मैदानमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको आसामले १५ ओभर बलमा सबै विकेट गुमाउँदै ७७ रन मात्रै बनाउन सक्यो।
आसामका रुहिनन्दन पेगुले सर्वाधिक १७ रन बनाए। शिवशंकर रोय १६ र आकाश सेन गुप्ता १० रनको योगदान गरे । नेपालका युवराजले सर्वाधिक ४ विकेट लिए । ३ ओभर २ बल बलिङ गरेका उनले १ मेडनसहित १५ रन खर्चिए। बसिर अहमदले ३ तथा कमलसिंह ऐरी, आकाश चन्द र विवेककुमार यादवले समान १ विकेट आफ्नो नाममा लेखाए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनाएको थियो। नेपालका सन्दीप जोराले सर्वाधिक ३५ रन बनाए। २३ बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे।
पवन सर्राफले २३ बलमा ३ छक्कासहित ३१ रन बनाए। ओपनर देव खनाल ३१, बसिर अहदम २७ र आदिल अन्सारी १४ रनमा आउट हुँदा विवेकले ८ बलमा १ चौका र ३ छक्कासहित २६ रन बनाए ।
आसामका आकाशले सर्वाधिक ३ विकेट लिए। अभिनव चौधरीले २ र आयुषमान मलाकार र अभिलाश गोगोइको नाममा समान १ विकेट लिए । योसँगै ५ खेलको सिरिज १–१ को स्थितिमा पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण