आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वीरगन्जमा जापानिज इन्सेफ्लाइटिस नियन्त्रण अभियान, पशुपन्छी फार्ममा विशेष अनुगमन

शुक्रबार, १३ भदौ २०८२, १६ : २१
शुक्रबार, १३ भदौ २०८२

वीरगन्ज । पछिल्लो समय जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले विभिन्न स्थानका पशुपन्छी फार्ममा विशेष अनुगमन तथा जनचेतनामूलक अभियान सञ्चालन गरेको छ।

महानगरको वडा नं १९ बरवा र वडा नं २२ मनियारीका सुँगुर तथा बङ्गुर फार्ममा गरिएको अनुगमनका क्रममा किसान र स्थानीयलाई रोगको जोखिमबारे सचेत गराइएको छ। अभियानमा कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखा, वन पर्यावरण शाखा र महानगर प्रहरी बलको संयुक्त टोली सहभागी थियो।

3

सुँगुरपालन क्षेत्रमा रोगको सम्भावना बढी हुने भएकाले सरसफाइमा निरन्तर ध्यान दिन, पानी जम्न नदिन, मलमूत्रको उचित व्यवस्थापन गर्न तथा लामखुट्टे नियन्त्रणका उपाय अपनाउन किसानलाई आग्रह गरिएको छ ।साथै फार्मभित्र बाहिरी व्यक्तिको आवागमन नियन्त्रण, पशुपन्छीलाई स्वच्छ वातावरण उपलब्ध गराउने र दैनिक सरसफाइलाई प्राथमिकतामा राख्ने विषयमा जोड दिइएको हो ।

541173864_770279285587618_2810892635288105795_n

जोखिमपूर्ण क्षेत्रमा रहेका दलित बस्तीहरूमा समेत जनचेतना कार्यक्रम सञ्चालन गरिएको छ, जहाँ स्थानीयलाई सामूहिक सरसफाइमा सहभागी हुन र लामखुट्टे नियन्त्रणमा प्रत्यक्ष सरोकारवाला बन्न प्रेरित गरिएको थियो ।

महानगर प्रमुख राजेशमान सिंहले रोग नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै नियमित रूपमा औषधी छर्किने र फार्मस्तरमा सरसफाइ अनुगमनलाई तीव्रता दिइएको जानकारी दिए ।

अनुगमन टोलीमा पशु चिकित्सक डा. सुदिपकुमार शर्मा, वातावरण शाखाका प्रकाश ऐर र महानगर प्रहरी निरीक्षक हरि भुसाल सहभागी थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप