सङ्खुवासभामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी
शुक्रबार, १३ भदौ २०८२, १७ : २२
सारांश
- सिर्जना थपलिया सङ्खुवासभाको पहिलो महिला प्रमुख जिल्ला अधिकारी नियुक्त भएकी छिन्।
- उनले यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काम गरेकी थिइन् र ४८औँ प्रजिअको रूपमा पदभार ग्रहण गरिन्।
- थपलियाले जिल्लाको उन्नयनका लागि राजनीतिक दल, बुद्धिजीवी र नागरिक समाजसँग मिलेर काम गर्ने बताइन्।
सङ्खुवासभा । सङ्खुवासभाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी सहसचिव सिर्जना थपलियाले सम्हालेकी छन् । जिल्लाको इतिहासमा उनी पहिलो महिला प्रजिअ हुन् ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सेवारत उनले ४८ औँ प्रमुख जिल्ला अधिकारीका रूपमा यहाँ पदभार ग्रहण गरेकी हुन् । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै थपलियाले निजामती सेवामा आफूले हासिल गरेको अनुभवलाई सङ्खुवासभाको उन्नयनमा लगाउने जानकारी दिइन् ।
उनले भनिन- ‘निर्दिष्ट ऐन, कानुनका परिधिभित्र रहेर जिल्लाका सबै राजनीतिक दलका नेता, बुद्धिजीवी तथा नागरिक समाजलगायत सबैसँगको सहकार्यमा तोकिएका जिम्मेवारी पूरा गर्नेछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त
-
शनिबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
कीर्तिमानी गोलसँगै पहिलो हाफमा मोरक्को १–० ले अगाडि, दबाबमा स्कटल्याण्ड
-
विश्वकप २०२६ को सबैभन्दा छिटो गोल: खेल सुरु भएको २ मिनेटमै मोरक्कोको अग्रता
-
तनहुँ जलविद्युत आयोजनाद्वारा सात योजना निर्माणाधीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण