बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कथा

बैजनी सपना

शनिबार, १४ भदौ २०८२, ११ : ००
शनिबार, १४ भदौ २०८२

सारांश

  • लेखक कक्षामा साथीहरूसँगको रमाइलो कुराकानी र ईपीएस परीक्षाबारेको चिन्तामा छन्।
  • लेखकको बुवाको उपचारको लागि पैसाको अभाव र विदेश जाने साथीहरूसँगको तुलनाले मन खिन्न हुन्छ।
  • अन्त्यमा, लेखक साथीहरू र बहिनीको चिन्ता र खबर सुन्छन् र घटनाक्रमको कारण निराश हुन्छन्।

‘प्रोफिट एन्ड लस ।’

अकाउन्ट सर बोर्डमा र म आफ्नो दिमागमा क्यालकुलेट गर्न व्यस्त थियौँ । 

‘हाउ मच डु वी निड नाउ ?’ जवाफको अपेक्षासहित सर विद्यार्थीतिर फर्किनुभयो । 

‘फोर लाख सर ।’ मेरो दिमागको क्यालकुलेसन अनायास मुखबाट फुस्कियो । कक्षाका सबै गललल हाँसेपछि पो झसङ्ग भएँ । सरको हिसाब र मेरो हिसाबका बिचमा केही मेल थिएन । मेरो जवाफ सुनेर सरले मलाई अचम्म मानेर एकछिनसम्म हेरिरहनुभयो । 

‘वन्ली फोर लाख ?’ सरको स्वरमा सटायर मिसिएको प्रस्ट बुझिन्थ्यो । पूरा क्लास तरङ्गित बनेर आयो । 

‘आई निड ट्वेल्भ लाख सर ।’ विपिनले धमिलो पानीमा माछा मार्न खोज्यो ।

‘फर ह्वाट ?’ 

‘फर जापान सर ।’ 

‘बट ही निड्स वन्ली फोर लाख ।’ विपिनको जवाफले सायद सर पनि जिस्किने मुडमा आउनुभएको थियो । 

‘ही इज् गोइङ टु कोरिया सर ।’ प्रतीकले मेरो पिठ्युँमा धाप मारेर भन्यो । 

‘स्टप दिस नन्सेन्स ।’ त्यतिन्जेलमा मेरो कन्सिरी तातिसकेको थियो । आफ्नो काँधबाट प्रतीकको हात हटाएर मैले साथीहरूलाई आँखा तरेँ । 

‘डन्ट वरी अर्जुन ईपीएस (इम्प्लोयमेन्ट पर्मिट सिस्टम)को एक्जाम पास गरिस् भने चार लाख इनफ हुन्छ ।’ विपिनले सिरियस अनुहार बनाएर मलाई सम्झाएझैँ गरी भन्यो । अनि साथीहरूतिर हेरेर आँखा सन्कायो । कक्षामा फेरि हाँसोको लहर तैरिएर आयो । 

कक्षाका आधा विद्यार्थी कोरियन भाषाको कक्षा लिइरहेका थिए, मलाई पनि उक्साउँथे । मैले मानिरहेको थिइनँ ।

‘दिइस् ईपीएसको एक्जाम, फारम भर्न त नदिने रे यसपालि ।’ प्रतीकले न्यास्रो मुख लगाएर भन्यो । 

‘कसले नदिने ? यत्रो महिना क्लास लिइसकेपछि फारम भर्न नदिने भन्न पाउँछ ?’ विपिन त्यसै जोसिएर आयो । 

‘चुप लाग तिमीहरू, सँघारमा आइसकेको बोर्ड एक्जामको चिन्ता छैन, ईपीएसको चिन्ता ?’ सरलाई पनि झोँक चल्यो सायद ठुलै स्वरमा कराउनुभयो । अरू बेला भए सरको आवाजको भोल्युम बढ्नेबित्तिकै विद्यार्थी चुप लाग्थे तर आज ठिक उल्टो भयो । 

पढाइ हुने छाँटकाँट देखिएन । 

सर निस्किएर जानुभयो । साथीहरू कक्षाभित्रै गोलबन्द भएर छलफल गर्न थाले । 

परेला बलजफ्ती जोरेर मनलाई शान्त पार्न खोजेँ, त्यो बुर्कुसी मारेर भाग्यो, कहिले राजनसँगै जापान पुग्यो, कहिले हरिश र विनोदसँगै अस्ट्रेलिया । मैले मेरो मनमा जता छामे पनि गाउँघर र कुटो–कोदालो फेला पार्न सकिनँ । 

आऽऽ कागलाई बेल पाक्यो हर्ष न विस्मात् । ईपीएसको इक्जाम भए पनि नभए पनि मलाई केही फरक पर्नेवाला थिएन, कलेजको आँगनमा भने बिस्तारै विद्यार्थीको भिड जम्मा हुँदै थियो । 

बाबाले सधैँ भन्ने गर्नुहुन्छ, ‘सुन, पैसा र भिडमा कली बसेको हुन्छ । भिडको विवेक हुँदैन ।’ 

म सुटुक्क लाइब्रेरीतिर निस्किएँ । 

साइलेन्ट जोन भन्नु मात्र हो नि, लाइब्रेरीमा पनि एक किसिमको खलबल र गनगन व्याप्त थियो । सजिलो उपाय स्वरूप कानमा इयरफोन कोचेर म किताबमा ध्यान एकोहोर्‍याउन लागेँ । प्रतीक र विपिन त्यहाँ पनि पछ्याउँदै आइपुगेछन् । पढाइ उनीहरूको परम शत्रु हो । 

सत्यानाश ! मन खिन्न भयो ।

उनीहरू अलिकति परै उभिएर मलाई हातको इसाराले के के भनिरहेका थिए । मैले राम्रोसँग बुझिनँ । एकापट्टिको इयरफोन निकालेर दिक्दारीको भावमा सोधेँ, ‘के भो ?’

‘ईपीएसको फारम भर्न नपाउने रे यसपालि !’ 

दुवैको अनुहारमा अनौठो संशयको भाव मडारिएको थियो । मलाई भने त्यति मतलब लागेन । कुनै प्रतिक्रियाविनै कानमा पुनः इयरफोन कोचेर म किताबतिरै फर्किएँ ।

‘ओई किताबको किरा सुनिनस् तैँले ?’ विपीन मेरो अनुहारको ठिक सामुन्नेमा आएर मेरो दायाँ कानको इयरफोन थुत्यो । 

‘कस्तो संवेदनाहीन मान्छे रहेछ ।’ प्रतीक पनि मतिर आँखा तरिरहेको रहेछ । 

‘डिस्टर्ब न गर न यार ।’

‘हाम्रो यत्रो दिनको मिहिनेत त्यसै खेर जाने भो ।’ प्रतीकले किताब पनि मेरो हातबाट थुतिसकेको थियो । उसको अनुहारमा हल्का रिसको भाव पनि स्पष्ट पढ्न सकिन्थ्यो । 

‘मलाई के भन्छस् त ? म सरकार होइन ।’ मैले मुसुक्क हाँसेर भनेँ । 

‘सरकारलाई नै भन्ने हो अब, तँ पनि हिँड ।’ प्रतीकले उसको दायाँ हत्केलाले मेरो बायाँ पाखुरामा अँठ्याएर तान्यो ।

‘म किन जाने ? मलाई देश छाडेर कतै जानु छैन ।’ मैले प्रतीकको हत्केलाबाट आफ्नो हात छुटाएँ । 

‘किन जान्थिस् त ? यो सिङ्गै देश तेरै हो । यहीँ जरा गाडेर बस् ।’

‘देश त तिमेर्को पनि हो नि, यहीँ बसौँ न त, हलचल नगरी पीपलले झैँ जरा गाडेर ।’ मैले ओठमा हलुका हाँसो पोतेर दुवैलाई चिढ्याउँदै भनेँ । 

‘ओई तँ पनि अब चुनावमा कान्छो उम्मेदवार बन्छस् रे हो ?’ त्यही बेला नवीन केही ठट्यौलो भयो । 

‘उम्, चौरासी आउन दे न ।’ मैले ओठमा हलुका हाँसो पोतेर शिर उठाएर छाती चौडा पारेर जवाफ दिएँ । 

‘हिङ नभए पनि हिङ बाँधेको टालो होस् नि तँ । त्यत्रो शासक बन्ने सपना देख्ने मान्छेले जनताका समस्यामा बोल्नुपर्दैन ?’ 

कुरो र कुलो जता लग्यो उतै जान्छ रे । त्यसमाथि प्रतीक कुरा बङ्ग्याउन निकै सिपालु थियो । मलाई उक्साउन भएभरको शक्ति लगाउन थाल्यो । हाम्रो संवाद सुनेर छेउछाउका अरू दुई–चारजना साथीहरू पनि हाँस्दै हाम्रो नजिक आएर उभिएका थिए । 

एकछिनपछि खलबल गर्दै अर्को एक हुल साथीहरू पनि लाइब्रेरीमा भित्रिए । उनीहरू विरोध जुलुसमा जान तयार भएर आएका रहेछन् । नवीन र प्रतीक मलाई छाड्ने पक्षमा थिएनन् । उम्कने बाटो नभेटेपछि म पनि उनीहरूका पछि लागेँ । 


‘म जान सक्तिनँ यार, बाउ गङ्गालालमा छन् । रुङ्न जानपर्छ ।’ एकछिन उनीहरूले मलाई फकाउने प्रयास गरिरहे, अनि मैले टार्ने ।


हामी पछिल्ला कक्षा हापेर माइती घर मण्डलातिर लाग्यौँ । गाडी चलिरहेका थिए, मण्डला भने सुनसान थियो ।

नवीन कुरोको चुरो खोज्न थाल्यो । कुन्नि को दोस्रो वर्षको साथीले खबर ल्याएछ । विरोध जुलुस त बालकुमारीमा हुने रे । बुझिहेर्दा कुरा सत्य नै रहेको थाहा हुन आयो । 

साथीहरू बालकुमारीतर्फ जान हतारिएका थिए । 

‘तीन दिनदेखि अनिदो छु यार । आँखा अहिले नै अश्रुग्यास परेझैँ पोलिरहेका छन् ।’ मैले अलि दयालाग्दो अनुहार पारेर भनेँ । 

‘धेरै कहानी नबना । अश्रुग्यास मात्र होइन परिआए छातीमा गोली खान पनि तयार भएर जाने हो ।’ नवीनका नसामा तातो रगत उम्लिएर आयो, सायद एकछिनका लागि उसको अनुहार रातो देखियो ।

‘म जान सक्तिनँ यार, बाउ गङ्गालालमा छन् । रुङ्न जानपर्छ ।’ एकछिन उनीहरूले मलाई फकाउने प्रयास गरिरहे, अनि मैले टार्ने ।

केही सीप नलागेपछि झोलाको खल्तीबाट हस्पिटलमा औषधि किनेको बिल झिकेर प्रमाण स्वरूप पेस गरेँ । धन्न बिहान हतार–हतार हस्पिटल जाँदा बोकेकै झोलामा किताब कोचेर निस्किएको थिएँ । 

बल्ल उनीहरू मलाई छाडेर जान राजी भए । 

जापान जान राजनले बाह्र लाख खर्च गरेँ भन्थ्यो । मसँग त त्यो जुटाउने हिम्मत पनि छैन । बाह्र लाख रुपैयाँ भए मेरा बुवाको पसल फेरि पहिलाझैँ उभिन्थ्यो होला । हाम्रो सपनाको बिरुवामा खडेरी पर्न रोकिन्थ्यो होला । 

उनीहरूसँग छुट्टिएपछि म सिंहदरबरको अगिल्तिरबाट लुरुलुरु हिँड्दै पुतलीसडकतिर लागेँ । 

बाटोभरि मनमा नानाभाँती कुरा खेलिरहे । कति दिनपछि निद्रा, थकान केही नभनी कलेज आएको थिएँ । सम्झिँदा पनि मन कस्तो कस्तो नमिठो भइरह्यो । 

मनको तरङ्गमा बहकिरहेको रहेछु । पछाडिबाट आएको चर्को हर्नले तन्द्रा बिथोलिदियो । पछाडि फर्किंदा बाइकमा सवार मान्छेले आँखा तरेर हेर्‍यो अनि निकै ठुलो स्वरमा झपार्‍यो । 

मेरो आजको दिनै खराब रहेछ । 

अनामनगर मोडमा पुगेपछि झल्याँस्स सम्झिएँ । दिदीले शिक्षा सेवाको किताब ल्याइदिनु भनेकी थिइन् । चारपटक प्रावि, निमावि र मावि तिनै तहको परीक्षा दिइसकिन्, तैपनि दिदी थाकेकी छैनन् ।

दुईचोटि निमाविको अन्तर्वार्तामा पुगेर फ्याँकिइन् । एकचोटि प्राविमा नाम त निस्कयो, तर वैकल्पिकमा । मैले पनि उनको लहैलहैमा लागेर एकपटक प्राविमा फारम त भरेको थिएँ तर जाँच दिन जाने जाँगर नै लागेन । दिदी भने अझै उस्तै छिन् । हठी । भनेकै नलाग्ने । अरू केही गरे पनि हुन्छ नि तर उनलाई गुरुआमा नै बन्नुछ ।

पैरवी पुस्तक पसलमा पसेर तिनै तहका एक–एक पुस्तक किनेर झोलामा हालेँ । 

फेरि कलेज फर्किने मन भएन । यताउता बरालिन पनि उत्साह सकिएको थियो । लुखुरलुखुर घरतिरै लागेँ ।  

सधैँ अबेर घर फर्किने छोरो उज्यालैमा ढोकाभित्र छिरेको देखेर होला सायद, आमाले अचम्म मान्नुभयो । म झोला ओछ्यानमै फ्यात्त फालेर बाथरुम पसेँ । हातगोडा धोएर बाहिर निस्किएँ । लुगा फेर्न नभ्याउँदै आमाले चिया खाजा ल्याइपुर्‍याउनुभयो । फुरनदाना र अमलेट मलाई त्यति मिठो लाग्दैन, तैपनि बसेर खान थालेँ । आमाले एकछिन मैले खाजा खाएको टुलुटुलु हेरिरहनुभयो । यसरी हेर्दा उहाँका आँखामा बेग्लै किसिमको पानी सलबलाउँछ, मलाई मनपर्छ आमाको त्यो पानी मिसिएको हेराई । 

फुरनदानाको फाँको मकमक्याउँदै मैले आँखा उठाएर आमातिर पुलुक्क हेरेँ । उहाँले अलि रुखो स्वर पारेर भन्नुभयो, ‘आज त छिट्टै सवारी भएछ त ?’ 

‘कलेजमा पढाइ भएन ।’ 

‘किन भएन ? क्लास बङ्क गरेको होलास् ।’ 

‘होइन । आज विद्यार्थीहरू जुलुसमा गए ।’ 

‘राम्रो कलेज भए पो, सरकारीमा त राजनीति मात्रै हुन्छ रे ।’

‘प्राइभेटले त झन् ज्यानै लिन्छ नि ।’ भन्न मन लागेको थियो तर केही बोलिनँ । जवाफ दिनु उचित लागेन मलाई । चुपचाप खाजा खाइरहेँ । 

‘एसईईमा ए प्लस ल्याएको मान्छेले सरकारी कलेजमा पढ्छस्, त्यो पनि कमर्स ।’

‘के भयो त म राम्रोसँग पढ्दै छु ।’

‘कमर्स नै पढे पनि सीए पढ्नुपर्छ रे ? तैँले के पढेको नि, त्यस्तो फाइनान्स साइनान्स । त्यसको त कुनै स्कोप हुन्न रे । उही पढिस् भन्दा पढेँ भनेजस्तो मात्रै ।’ आमा सधैँझैँ गनगन गर्न थाल्नुभयो । हरेक दिन कसै न कसैले उहाँका कान भरिरहेकै हुन्छन् । अबोध मेरी आमा तिनलाई सत्य सम्झिनुहुन्छ । 

मेरो छाती अचानक गरुङ्गो भएर आयो । खै किन हो आँखा पिरा भए । मैले तीन–चारचोटि परेला झिमझिम पारेँ ।

मैले कुरा बढाउन चाहिनँ । खाजा सिध्याएर कप प्लेट ट्रेमा राखिदिएँ अनि किताब पल्टाएँ । आमा ट्रे बोकेर बाहिरिनुभयो । उहाँको जस्तोसुकै गन्थन भए पनि मैले किताब झिकेपछि भने उहाँ बोल्नुहुन्न । उहाँलाई बाहिर पठाउने सजिलो उपाय सफल भयो । 

उहाँलाई थाहा छैन सीए पढ्न कति खर्च लाग्छ । बेकारमा दुनियाँका कुरा सुनेर दिमाग दुखाइरहनुहुन्छ । 

आमा निस्किएपछि ढोका थुनेँ । खासमा भन्नुपर्दा आज मलाई पढ्ने मनै थिएन । किताब थन्क्याएर खल्तीबाट मोबाइल निकालेँ, इन्स्टाग्राम खोलेँ, अनलाइनमा त दिनहुँ बसिन्थ्यो तर पुराना साथीहरू नभेटेको निकै भइसकेको थियो ।

राजनले तीनवटा नयाँ फोटो अपलोड गरेको रहेछ । समुद्रको किनारमा बत्तिसी देखाएर उभिएको आफ्नो फोटोको मुनि उसले लेखेको रहेछ, ‘मिसिङ माई कन्ट्री !’

मैले त्यसको तल कमेन्ट गरिदिएँ, ‘ओ रियल्ली !’

मनमा एउटा ईष्र्याको चिसो लहर बगेर गयो । भर्खरै हो ऊ जापान गएको । ६ महिना अघिसम्म खटारे बाइक चलाएर घुमी हिँड्थ्यो । आज ऊ जापानमा छ । म यहीँका गल्लीमा रल्लिरहेछु । 

मेरो छाती अचानक गरुङ्गो भएर आयो । खै किन हो आँखा पिरा भए । मैले तीन–चारचोटि परेला झिमझिम पारेँ । यसैबिच मैले दुई–चारपटक आमाले बोलाएको जस्तो सुनेको थिएँ तर कुनै प्रतिक्रिया जनाइनँ । 

धेरैपछि राजन अनलाइनमा भेटिएको थियो । उसले अपलोड गरेका फोटोका पछिल्तिर देखिएका ठुल्ठुला बिल्डिङ र समुद्री किनारले मेरो मन मज्जैले तानिरहेको हुँदा आमाको आवाजलाई उस्तो वास्ता गरिनँ ।

केहीबेरमै ढोकामा ढकढक आवाज आयो । म उठेर खोल्न गएँ । आमा नै हुनुहुँदोरहेछ । ठसक्क परेर भित्र पस्नुभयो । केही खोजेझैँ उहाँका आँखा मेरो कोठाका चारैतिर डुलेर फर्किए । रेड परेको घरको मालिकझैँ म टाउको निहुराएर चुपचाप उभिइरहेँ । 

‘कानमा तेल हालेर बसेको छस् ?’ 

‘के भयो र आमा ?’ 

‘सत्रचोटि बोलाएको पनि सुन्दैनस् ।’ 

‘अनलाइनमा थिएँ ।’ 

‘हो अब त्यहीँ झुन्डिराख् । पढ्नुगुन्नु साढेबाइस्... ।’

आमा चाहनुहुन्छ, चौबीसै घण्टा म किताब पल्टाएर बसिराखुँ । मसँग त्यत्रो जाँगर कहाँ । पढाइका विषयमा सधैँ उहाँका गनगन सुनेर मेरा कान पाकिसकेका छन् । उहाँका मुखबाट सबैभन्दा बेसी दोहोरिने र मेरो मन दुखाउने गाली यही हो । यो नसुनी मेरो दिन बित्न पाउँदैन । आजको दिन पनि आमाले बेकार जान दिनुभएन । उहाँका तिखा शब्द मेरा कानबाट सियोझैँ पसी छातीमा पुगेर भासिए । 

‘साथीभाइ पढिगुनी डाक्टर इन्जिनियर बन्न लागिसके, तँ भने डुकु बनेर बसिराख्... ।’ 

मलाई जवाफ दिन मन लागेन । त्यसै उभिइरहेँ । छातीभित्र समुद्रमा जस्तै ज्वारभाटा चलिरहेका थिए । निकैबेर एकोहोरो बोलिराख्दा पनि कुनै प्रतिक्रिया नआएकाले होला उहाँ फर्किनुभयो । म फेरि ओछ्यानमा आएर पल्टिएँ । राजनले म्यासेज लेखेको रहेछ, ‘हेल्लो ! कता गायब ?’ 

मैले जवाफ दिइनँ, लगआउट गरेँ । सिरानमा मोबाइल पछारेँ । सिरक घुम्लुङ्ग ओढेँ । खासमा मलाई आँसु चुहिएका आँखा कसैलाई देखाउन मन लाग्दैन, कोठाका भित्तालाई पनि । 

‘बाबु, बहिनीलाई लिन जान्छस् कि ? रात छिप्पिसक्यो । काल जमाना ठिक छैन ।’

राजनसँग अलिकति पैसा माग्ने मन थियो, भुसुक्कै बिर्सेंछु । चार लाख रुपैयाँको बन्दोबस्त गर्न पाए बाबा निको भएर घर आउँदासम्म उहाँको पसल जस्ताको तस्तै उभ्याइदिन हुन्थ्यो । 

बागमती किनारको छाप्रे पसल रुँगेरै उहाँले आफ्नो आधा उमेर रित्त्याउनुभयो । पसल ठुलो त थिएन तर घर धानेकै थियो, हामीलाई पढाएकै थियो । सबैभन्दा ठुलो कुरा, त्यस पसलले बाबाको सपना जिउँदो राखेको थियो । विनासूचना आएको नगरपालिकाको डोजरले बागमती किनारका छाप्रा मात्र भत्काएर गएन, बालाई हर्टअट्याक पनि दिएर गयो । तुरुन्तै अप्रेसन नगरे बाको ज्यान रहने थिएन । अप्रेसनका चार्ज र हप्ता दिनको हस्पिटल बसाइले चार लाख रुपैयाँ खर्लप्पै खायो । अझै कति दिन बस्नुपर्ने हो केही थाहा छैन । 

भित्ताको घडीले नौ बजेको सूचना दिइसकेको थियो । बहिनी अझै आइपुगेकी थिइनन् । दिदीले आज हस्पिटलमा बाबालाई रुङ्न मलाई पालो दिएकी थिइन् । 

‘बाबु, बहिनीलाई लिन जान्छस् कि ? रात छिप्पिसक्यो । काल जमाना ठिक छैन ।’ आमा चिन्तित अनुहार लिएर मेरो ढोकामा आउनुभयो, ‘काममा नगर पनि भको छैन । दुई–चार पैसा कमाउनै परिगो । तैँले डाक्टरीमा नाम निकाल्न सकेको भा कति जाती हुन्थ्यो ।’ 

हामी बसेको फ्ल्याटमा जम्मा चारवटा कोठा छन् । हरेक महिना म थाहा पाउँछु, थाहा पाउन मन नलागे पनि आमाले हजारपटक भनिसक्नुभएको हुन्छ । पानी, बत्ती, केबुल र घर भाडा गरेर महिनामा ३० हजार जति पुग्छ । त्यसमाथि घर खर्च, मेरो र बहिनीको पढाइ खर्च, बाँच्नै मुस्किल भइसक्यो, म सुन्छु । नसुनेर कुनै उपाय पनि छैन । हामीले नसुनेका बेलामा उहाँ छिमेकीलाई सुनाउन थाल्नुहुन्छ । मलाई त्यसो गरेको मन पर्दैन ।

उहाँलाई लाग्छ, म पढाइमा मिहिनेत गर्न छाडेँ, त्यसैले एमबीबीएसमा मेरो नाम निक्लेन, तर मेरो मिहिनेत घटेको थिएन, बरु बढेकै थियो । इन्ट्रान्समा ४०० नम्बरमा नाम निकालेकै थिएँ । छात्रवृत्ति दिएन त म के गरुँ ? स्कुलबाट ए प्लस ल्याएर एसईई उत्तीर्ण गरेपछि कति उत्साह लिएर डाक्टर बन्न इन्ट्रान्सको तयारीमा लागेको थिएँ । 

अहिले आफ्नो सपनाले आफैँलाई रुवाइरहेछ । बच्चै हुँदादेखि बुवाआमा एकनासले रटाउनुहुन्थ्यो, डाक्टर बन्नुपर्छ, या त इन्जिनियर बन्नुपर्छ । म पनि तिनै सपनामा लटपटिँदै हुर्किएँ । अर्थात् भनौँ, मैले अर्को सपना देख्ने मौका नै पाइनँ । 

छात्रवृत्तिमा पछि परेपछि आफ्नो सपनाको संसारमा आफ्नै हातले डढेलो सल्काउनुपर्‍यो । पेइङमा त पढ्न पाउने थिएँ । ४२ लाख कलेजलाई तिर्नुपर्ने रे ! त्यसमाथि होस्टेल खर्च, किताब–कापीको खर्च त बाँकी नै भयो । यतिको खर्च गर्ने बाबुआमाको ह्याउ थिएन । 

‘म डाक्टर नबन्ने ?’ मैले त्यसै भनिदिएँ ।

‘इन्जिनियरिङ पढ् त उसो भए ।’ बुवा भन्नुहुन्थ्यो । 

बायलोजी पढेर म कसरी बुवाले भनेजस्तो सिभिल इन्जिनियर बनुँ ? उहाँलाई त लाग्छ साइन्स पढेपछि हुन्छ । 

‘मन छैन ।’ मैले रुखो जवाफ दिएँ । त्यो दिन पहिलोचोटि घरमा भूकम्प गएको थियो । 

म उहाँहरूको इच्छाविरुद्ध म्यानेजमेन्टमा भर्ना भएर बीबीए पढ्न थालेँ । 

बिचरा ! मेरा आमाबुवालाई के थाहा ? यहाँ पैसा नहुनेहरूलाई सपना देख्ने कुनै अधिकार छैन । 

हरेकपटक आमाको म माथिको सपना तुहिन्छ, अनि बर्बराउनुहुन्छ । आफ्नो फ्रस्टेसन कहिले भाँडाकुँडामाथि त कहिले छोराछोरीमाथि खन्याउनुहुन्छ । म सुन्छु, सुनिरहन्छु ।

गल्लीमा एकनासले कुकुरको भुकाइ बढिरहेको थियो । मोटर गाडीको घ्यारघ्यार पातलिँदै गएकाले होला भर्‍याङको ढ्यापढ्यापले मेरो तन्द्रा सजिलै बिथोल्यो । मैले कान तिखारेर आवाजपट्टि ध्यान दिएँ । ढोकाको चुकुल खुल्यो । बहिनी भित्र पसी । 

‘आज किन अबेर गरिस् नानी ?’ आमाको स्वर रुन्चे भइसकेको थियो । आमाको सुँक्कसुँक्कसँगै मैले दोस्रोपल्ट रुवाइ मिसिएको नाके स्वर सुनेँ । 

‘अबदेखि यस्तो ढिलो नगर् है मेरो त हंसले नै ठाउँ छाड्छ ?’ 

नवीन र प्रतीकको सम्झना आउनासाथ मनभरि कुतूहल भरिएर आयो । उठेर मोबाइल खोल्नासाथ ट्याङट्याङ गरेर म्यासेन्जर बज्यो ।

‘आज अलि काम थियो आमा, भोलिदेखि छिटो आउँछु ।’ बहिनीले सानो स्वरमा जवाफ दिई । 

एकछिन भान्सामा भाँडाकुँडा बजे । केहीबेरपछि ढोका चुइँय्य गर्‍यो, त्यसपछि सन्नाटा... । 

म लगातार तीन दिन हस्पिटल बसेपछि आज फर्किएको । आँखाको बिख त जसरी पनि मार्नु नै छ । 

परेला बलजफ्ती जोरेर मनलाई शान्त पार्न खोजेँ, त्यो बुर्कुसी मारेर भाग्यो, कहिले राजनसँगै जापान पुग्यो, कहिले हरिश र विनोदसँगै अस्ट्रेलिया । मैले मेरो मनमा जता छामे पनि गाउँघर र कुटो–कोदालो फेला पार्न सकिनँ । 

जापान जान राजनले बाह्र लाख खर्च गरेँ भन्थ्यो । मसँग त त्यो जुटाउने हिम्मत पनि छैन । बाह्र लाख रुपैयाँ भए मेरा बुवाको पसल फेरि पहिलाझैँ उभिन्थ्यो होला । हाम्रो सपनाको बिरुवामा खडेरी पर्न रोकिन्थ्यो होला । 

नवीन, प्रतीक र प्रज्ज्वल पनि कोरिया जान खोजिरहेका छन् । उनीहरूले कोरियन भाषाको कक्षा लिन थालेको निकै भइसक्यो ।

नवीन र प्रतीकको सम्झना आउनासाथ मनभरि कुतूहल भरिएर आयो । उठेर मोबाइल खोल्नासाथ ट्याङट्याङ गरेर म्यासेन्जर बज्यो । 

पल्लो कोठाबाट बहिनीले म्यासेज गरेकी रहिछ । 

‘दाइ यो तपाईंको साथी होइन ?’ 

उसले पठाएको फोटोमा रुन्चे अनुहार लगाएर नवीन उभिएको थियो । मैले हत्तपत्त केही न्युज च्यानल सर्च गरेँ । 

बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी भएछ । एकजनाको घटनास्थलमै मृत्यु र अर्को एकजना घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको समाचार आयो । 

मैले हत्तपत्त नवीनलाई फोन लगाएँ । ऊ सकुशल फर्किएको रहेछ । 

छाती आगाको भुङ्ग्रो निलेझैँ गरेर पोलिरहेको थियो । म शिथिल भएर ओछ्यानमा लम्पसार परिरहेँ । निष्पट्ट रातको सन्नाटाले मलाई थिच्यो । म ओछ्यानमा छटपटाइरहेँ ।

निद्रा परेन । पर्दै परेन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जानुका खतिवडा
जानुका खतिवडा
लेखकबाट थप