ब्राडम्यानको ‘ब्यागी ग्रिन’ टोपी ४ लाख अस्ट्रेलियन डलरभन्दा बढीमा बिक्री
सारांश
- अस्ट्रेलियाको नेशनल म्युजियमले सर डोनाल्ड ब्राडम्यानको 'ब्यागी ग्रिन' टोपी ४ लाख ३८ हजार ५०० डलरमा किन्यो।
- यो टोपी ब्राडम्यानले १९४६-४७ को एसेज सिरिजमा अस्ट्रेलियाको कप्तानी गर्दा लगाएका थिए।
- अस्ट्रेलियाले दोस्रो विश्वयुद्धपछिको पहिलो एसेज सिरिजमा इङ्ल्यान्डलाई ३-० ले हराएको थियो।
सिड्नी । अस्ट्रेलियन क्रिकेटका महानायक सर डोनाल्ड ब्राडम्यानले १९४६-४७ को एसेज सिरिजमा लगाएको ‘ब्यागी ग्रिन’ टोपी अस्ट्रेलियाको नेशनल म्युजियमले ४ लाख ३८ हजार ५०० अस्ट्रेलियन डलरमा खरिद गरेको छ। टोपी क्यानबेरास्थित संग्रहालयले खरिद गर्दा त्यसको लागतको आधा रकम संघीय सरकारले व्यहोरेको हो।
ब्राडम्यानले यो टोपी सन् १९४६-४७ को सिरिजमा अष्ट्रेलियालाई कप्तानी गर्दा लगाएका थिए। दोस्रो विश्वयुद्धपछि पहिलो पटक भएको एसेज सिरिजमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई ३-० ले पराजित गरेको थियो। यही जितले १९४८ को ‘इनभिन्सिबल्स’ टुरको आधार बनाएको थियो, जसमा अस्ट्रेलिया इंग्ल्यान्डमा अपराजित रह्यो।
अस्ट्रेलियन मन्त्री टोनी बर्कले भने, ‘यो टोपी किन्नु हाम्रो राष्ट्रिय इतिहासको महत्त्वपूर्ण अंश सुरक्षित गर्नु हो। ब्राडम्यान, जसलाई धेरैले सबै समयको महानतम क्रिकेटर मान्छन्, उनको स्मृति अब राष्ट्रिय सङ्ग्रहालयमार्फत भावी पुस्ताले नजिकबाट अनुभव गर्न सक्नेछन्।”
यो टोपी ब्राडम्यानको ज्ञात ११ वटा ब्यागी ग्रिन मध्ये एक हो। अर्को टोपी अस्ट्रेलियन स्पोर्ट्स म्युजियममा छ भने बाँकी नौवटा निजी सङ्ग्रहमै रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
-
शारीरिक सुगठनमा विनुलाई दोहोरो पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण