पतञ्जलि जग्गा प्रकरणमा मविरुद्ध विना कारण मुद्दा चलाइयो : माधव नेपाल
सारांश
- माधवकुमार नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूमाथि बिना कारण मुद्दा लगाइएको बताए।
- उनले हदबन्दीभन्दा बढी जग्गा दिने काम गरेको र बेठिक गरेको आरोप अस्वीकार गरे।
- नेपालले आफूले कुनै गल्ती नगरेको र मन्त्रीपरिषद्को निर्णयअनुसार काम गरेको दाबी गरे।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूमाथि बिना कारण मुद्दा लगाइएको बताएका छन् । नेपालको कानुनले हदबन्दी छुटलाई नियमन गर्ने सम्बन्धी विशेष व्यवस्था गरेको उल्लेख गरे ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले हदबन्दी भन्दा बढी जग्गा दिने काम गरेर र दिएको भन्दा बढी जग्गा विक्री गर्न दिने काम गरेर बेठिक गरेको भन्दै मुद्दा लगाइएको बताए । उनले नेपाल सरकारले सूचित आदेश बमोजिम हदबन्दीको जग्गा राख्न दिन स्वीकृति दिन सक्ने र स्वीकृति दिँदा आवश्यक सर्तहरू तोक्न सक्ने व्यवस्था गरेको बताए ।
हदबन्दी भन्दा बढी जग्गा राख्न दिने अधिकार नेपाल सरकारसँग रहेको उनको भनाइ छ । हदबन्दी भन्दा बढी जग्गा राख्न दिएर गल्ती काम भयो भन्ने कुराको कानुनी आधार नरहेको पनि उनले स्पष्ट पारे । उक्त जग्गा मन्त्रीपरिषद्बाट सर्वसम्मतिले निर्णय गरेर दिएको पनि नेपालले उल्लेख गरे । आफू प्रधानमन्त्री हुँदा मन्त्रीपरिषद्मा विद्यादेवी भण्डारीदेखि एमाले महासचिव शङ्कर पोखरेल, सुजाता कोइराला, भीम रावल, मिनेन्द्र रिजालसम्म रहेको दाबी उनले दाबी गरे ।
अध्यक्ष नेपालले कुनै गल्ती र बदमासी आफूले आफ्नो जीवनमै नगरेको दोहोर्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण