गलत सूचना नियन्त्रण चुनौतीपूर्ण : राणा
सारांश
- उदयशम्शेर राणाले सूचना प्रविधिको युगमा गलत सूचना नियन्त्रण चुनौतीपूर्ण रहेको बताए।
- उनले व्यावसायिक पत्रकारितामा जोड दिँदै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने बताए।
- कार्यक्रममा 'मार्गदर्शक' पुस्तक विमोचन र एसईई तथा कक्षा १२ उत्तिर्ण विद्यार्थीलाई सम्मान गरियो।
ललितपुर । नेपाली कांग्रेस केन्द्रीय सदस्य उदयशम्शेर राणाले सूचना प्रविधिको वर्तमान युगमा गलत सूचना प्रवाहलाई नियन्त्रण चुनौतीपूर्ण बनेको बताएका छन् । साथै उनले व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासङ्घ ललितपुरले आज आयोजना गरेको कार्यक्रममा उनले ‘डिजिटल मिडिया’मार्फत समाचार सम्प्रेषण गर्ने अवसरसँगै चुनौती पनि थपिएकाले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषणमा जोड दिए ।
“पत्रकारितामा धेरै सम्भावना र चुनौती छन् । मूलधारका मिडिया पक्षपाती भइरहेका अवस्थामा स्वरोजगारमूलक मिडियाले परिपूरण गर्नुपर्ने अवस्था छ”, उनले भने ।
त्यसअवसरमा वाग्मती प्रदेशसभा सदस्य उर्मिला लामा ,न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा र गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले व्यावसायिक पत्रकारितामा जोड दिए ।
सो अवसरमा महासंघ ललितपुर शाखाले आफ्नो गौरवमय इतिहासलाई शब्दमा समेटी तयार गरेको पुस्तक ‘मार्गदर्शक' विमोचन गर्नका साथै एसईई र कक्षा १२ को परीक्षा उत्तीर्ण गरेका शाखामा आबद्ध सदस्यहरूका छोरा/छोरीलाई सम्मान समेत गरेको अध्यक्ष रामहरि कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण