जापानविरुद्ध हुने सैनिक परेडमा ओली सहभागी हुने कुरा असंलग्न परराष्ट्र नीतिको खिलाफमा छ : प्रभु साह
सारांश
- आजपा अध्यक्ष प्रभु साहले प्रधानमन्त्री ओलीले कूटनीतिक कौशलता देखाउन नसकेको आरोप लगाए।
- ओलीले चीन भ्रमणअघि राष्ट्रिय सहमति र परामर्श नगरेको तथा भारत र चीनबीचको पछिल्लो सहमतिबारे संसदमा नबोलेको साहको भनाइ छ।
- साहले ओलीलाई झुटको सरदारको संज्ञा दिँदै मदन भण्डारी फाउण्डेशनमाथि विष वमन गरेको आरोप लगाए।
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले कूटनीतिक कौशलता देखाउन नसकेको टिप्पणी गरेका छन् ।
काठमाडौँको कोटेश्वरमा शनिबार आजपा बागमती प्रदेश कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले चीन भ्रमणमा जानुअघि राष्ट्रिय सहमति र म्यान्डेट लिनुपर्नेमा ओलीले कांग्रेस नेतृत्वसँगपनि परामर्श गरेको थाहा नभएको बताए ।
‘प्रधानमन्त्री केपी ओलीले कूटनीतिक कौशलता देखाउन सक्नुभएन, जापानविरुद्ध हुने सैनिक परेडमा सहभागी हुने कुरा असंलग्न परराष्ट्र नीतिको खिलाफमा छ, जापान नेपालको विकास साझेदार मुलुक हो । नि:शर्त सहयोग गर्दै आएको छ,’ आजपा अध्यक्ष साहले भने ।
प्रधानमन्त्री ओलीले संसद्को रोष्ट्रममा उभिएर भारत र चीनबिचको पछिल्लो सहमतिबारे नबोलेको र सीमा विवाद समाधान बारेमा कुनै प्रतिबद्धता समेत व्यक्त नगरेको उनले बताए । आजै चीन भ्रमणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेका ओलीले शुक्रबार संसदमा सम्बोधन गर्दा भारत र चीनबिचको पछिल्लो सहमतिबारेमा किन नबोलेको भन्दै उनले प्रश्न उठाए ।
नेकपा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली झुटको सरदार भएको टिप्पणी समेत साहले गरे । केही समय अघि ओली आफैले विद्या भण्डारी एमालेमा फर्कन हुन्छ भनेको भिडिओ भाइरलले ओली झटको सरकार भएको पुष्टि भइसकेको उनले बताए ।
मदन भण्डारी फाउण्डेशबाट राजनीतिमा उदाएका ओली अहिले सोही फाउण्डेसनका विरुद्धमा विष वमन गरिरहेको टिप्पणी गर्दै साहले भने, ‘एमाले मदन भण्डारीको लिगेसीले चलेको हो, ओलीको नेतृत्व मदन भण्डारी फाउन्डेसनले नै स्थापित गरेको हो । अहिले त्यही फाउण्डेशनमाथि विष वमन गर्दै हिँडिरहेका छन् ।’
पानीको हाहाकारले सुख्खाग्रस्त मधेसलाई सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरे पनि राहत प्याकेज नदिएर ओलीले मधेसी जनतालाई ढाँट्ने काम मात्रै गरेको उनले बताए ।
यस्तै उनले प्रधानमन्त्री ओली भारत भ्रमणमा जानुअघि नेपाली भूमि फिर्ता ल्याउँछु भनेर नेपाली जनतासँग कबुल गरेर मात्रै जानुपर्ने बताए । ‘नेपाली भूमि फिर्ता नल्याउने हो भने भारत किन जानुपर्ने ?’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण