शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

चाडपर्व सकिएपछि सडक र सदन केन्द्रित आन्दोलन गर्छौँः प्रचण्ड

शनिबार, १४ भदौ २०८२, १८ : ४१
शनिबार, १४ भदौ २०८२

सारांश

  • प्रचण्डले चाडपर्वपछि सडक र सदन केन्द्रित आन्दोलन गर्ने बताएका छन्।
  • उनले काँग्रेस-एमालेको सरकारले भ्रष्टाचारलाई प्रश्रय दिएको आरोप लगाए।
  • प्रचण्डले दुई तिहाइको सरकारले गरेका गलत कार्यहरूको विरोध गर्ने बताए।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाडपर्व सकिएपछि सडक र सदन केन्द्रित आन्दोलन गर्ने बताएका छन् । 

शनिबार पार्टी कार्यालय पेरिसडाडाँमा आयोजित नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौती विषयक विचार गोष्ठीमा प्रचण्डले चाडपर्व सकिएपछि सवै प्रतिपक्षीहरू एक भएर सडक र सदन केन्द्रित आन्दोलन चर्काउने बताएका हुन् । 

काँग्रेस–एमालेको सरकारले मुलुकमा सुशासन भनाइ भ्रष्टाचारलाई प्रश्रय दिनुका साथै कानुन निर्माणमा समेत छेडखानी गरेकाले अव सशक्त आन्दोलन गर्ने उनले बताए । प्रचण्डले राज्यलाई रूपान्तरणका साथै भ्रष्टाचारबिरोधी अभियान नै सुरु गर्दा सरकारबाट बाहिरिनुपरेको उल्लेख गरे । 

दुई तिहाइको बलमा भ्रष्टाचारीलाई जोगाउने, राजनीतिक प्रतिशोध लिने र अदालतलाई नै प्रभावित पार्ने काम भएको प्रचण्डले बताए । 

 दुई तिहाइको बलमा भएका गलत कामको सडक, सदन र सरकारको मोर्चाबाट हस्तक्षेपको बिकल्प नरहेको उल्लेख गरे । 

प्रचण्डले पार्टीभित्रै दलीतलाई दमन गर्ने दुई वटा प्रबृति र दुई वटा बिचार रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप