‘रासायनिक मल उद्योग सञ्चालन गर्ने जिम्मेवारी राज्यले लिनुपर्छ’
सारांश
- कृषि तथा पशु विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा रासायनिक मल उद्योग सञ्चालनको जिम्मेवारी राज्यले लिनुपर्ने बताए।
- उनले रासायनिक मल उद्योग खोल्न लगानी बोर्डले अनुसन्धान गरिरहेको र दुई महिनाभित्र निर्णय आउने बताए।
- मन्त्री अधिकारीले मलका लागि गत वर्ष २७ अर्ब बजेट छुट्याइएकोमा यस वर्ष २९ अर्ब पुर्याइएको जानकारी दिए।
देवदह । कृषि तथा पशु विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा रासायनिक मल उद्योग (कारखाना) सञ्चालन गर्ने जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले आज भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले आफू मन्त्री बनिसकेपछि पटकपटक मन्त्रिपरिषद्मा यो विषय राखेको बताए । उनले रासायनिक मल उद्योग सञ्चालन गर्ने जिम्मेवारी राज्यले लिने विषयमा आवश्यक छलफल भइरहेको जानकारी दिए ।
‘नेपालमा रासायनिक मल उत्पादन गर्ने कारखाना खोल्नका लागि कहाँ सम्भावना छ, अहिले त्यसको लगानी बोर्डले अनुसन्धान गरिरहेको छ’, मन्त्री अधिकारीले भने, ‘मलाई लाग्छ बढीमा दुई महिनामा लगानी बोर्डको निर्णय आउँछ ।’ उनले आफू केही सकारात्मक परिवर्तन ल्याउनुपर्छ भनेर लागिपरेको बताउँदै मल व्यवस्थापन शीघ्र गरिने जनाए ।
मन्त्री अधिकारीले गत वर्ष रु २७ अर्ब बजेट मलखादका लागि छुट्याइएकामा यस वर्ष त्यसलाई बढाएर करिब रु २९ अर्ब पुर्याइएको जानकारी दिए । ‘वर्तमान समयमा १३ लाख टन मलको आवश्यकता छ । तर, हाम्रो बजेटले करिब साढे चार लाख टन धान्न सक्छ । चारको सट्टा आठ पुरयाउन सकियो भने पर्याप्त दिन नसके पनि अहिलेको तुलनामा केही बढी हुन्छ’, उनले भने ।
पूर्वदेखि पश्चिमसम्म पुग्दा पर्याप्त मल पाएनौँ भन्ने एउटै गुनासो आइरहेको बताउँदै मन्त्री अधिकारीले समस्या समाधानमा सरकार प्रयासरत रहेको उल्लेख गरे । फरक प्रसङ्गमा उनले रुपन्देही क्षेत्र नं ३ मा हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसले जित्नैपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण