आगामी निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्याउँछौँ: वरिष्ठ नेता गौतम
शनिबार, १४ भदौ २०८२, २३ : २६
सारांश
- एकीकृत समाजवादीका नेता बामदेव गौतमले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने विश्वास व्यक्त गरे।
- उनले पार्टीलाई बहुमतमा पुर्याएर सरकार गठन गर्ने र समाजवाद निर्माणको उदाहरण दिने बताए।
- गौतमले 'एक व्यक्ति, एक जिम्मेवारी' दिएर पार्टी अघि बढ्ने धारणा राखे।
सुदूरपश्चिम । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता बामदेव गौतमले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने विश्वास व्यक्त गरेका छन् ।
शनिबार धनगढीमा आयोजित पार्टीको बैठकमा गौतमले २०८४ को निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्याउने आफ्नो सङ्कल्पलाई साथ दिन नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले भने, “निर्वाचनमा बहुमत ल्याएर पार्टीकै नेतृत्वमा सरकार गठन गर्ने र नेपालमा गरिबी समाप्त पारेर समाजवाद निर्माणका लागि उदाहरण दिन सक्नुपर्छ ।”
‘एक व्यक्ति, एक जिम्मेवारी’ दिएर पार्टी अघि बढ्ने उनले बताए । तत्कालीन नेकपाबाट बाहिरिएपछि नेकपा एकता अभियान चलाएका नेता गौतम केही समयअघि नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका थिए । पार्टी प्रवेशपछि शनिबार धनगढीमा भएको पार्टीको बैठकमा उनी पहिलोपटक सहभागी भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण