बागमती प्रदेशसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
आइतबार, १५ भदौ २०८२, ०७ : ३९
सारांश
- बागमती प्रदेशसभा बैठक आज दिउँसो २ बजे बस्ने भएको छ।
- सभामुख भुवनकुमार पाठकले बैठक आह्वान गरेका हुन्।
- बैठकमा प्रदेश मामिला समितिमा विचाराधीन २ विधेयकको प्रतिवेदन पेस हुनेछ।
मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बस्दै छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आजका लागि बैठक आह्वान गरेका हुन् ।
प्रदेशसभा सचिवालय हेटौँडाले आज दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको जानकारी दिएको छ। प्रदेश सभाको छैटौँ अधिवेशनअन्तर्गत बाह्रौँ बैठक प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम आह्वान गरिएको सचिवालयले जनाएको छ ।
उक्त बैठकमा प्रदेश मामिला समितिमा विचाराधीन अवस्था रहेको २ विधेयकको प्रतिवेदन पेस हुने कार्यसूची रहेको सभामुख पाठकले बताए । उनका अनुसार उक्त बैठकमा प्रदेश चिट्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समितिको प्रतिवेदन पेस हुनेछ ।
बैठकमा विशेष समय र शून्य समयको कार्यसूची रहने सभामुख पाठकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण