१५औँ महाधिवेशनमा तेस्रो र चौथो पुस्ताबिच अन्तर्द्वन्द्व हुनेछ
सारांश
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन ०८३ मङ्सिरभित्र हुने, तर यो अधिवेशन ०८२ मङ्सिरमा हुनुपर्ने थियो।
- कांग्रेसले आन्तरिक लोकतन्त्रको अभ्यास ६ तहमा गर्छ, जुन विश्वका अन्य पार्टीमा दुर्लभ छ।
- १५औँ महाधिवेशनमा दोस्रो पुस्ताबाट तेस्रो/चौथो पुस्तामा नेतृत्व हस्तान्तरण हुने चासो छ।
१५औँ महाधिवेशनसम्म आइपुग्दा नेपाली कांग्रेसको महाधिवेशनको शृङ्खलालाई २००७ सालपूर्व, ०१७ साल र ०४६ यता गरी तीन खण्डमा हेर्यो भने धेरै कुरा प्रस्ट हुन्छ ।
२००३ सालमा स्थापना भएको नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशनलाई नै नेपाली कांग्रेसको पहिलो महाधिवेशन मानिएको छ । नेपाली कांग्रेस नाम नेपाली कांग्रेसभन्दा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेस दुई पार्टी मिलेर बनेको हो । यी पार्टीको पहिलो एकता वा संयुक्त अधिवेशन २००६ सालमा वर्तमान रौतहटको गौरभन्दा पारि सिमानाको सानो बजार बैरगनियामा भएको थियो ।
२००७ सालको क्रान्तिपछि नेपाली कांग्रेसको पहिलो महाधिवेशन अर्थात् पाँचौँ महाधिवेशन जनकपुरमा सम्पन्न भयो । त्यसैगरी छैटौँ महाधिवेशन वीरगञ्जमा सम्पन्न भयो । र ०१४ सालमा विराटनगरमा विशेष अधिवेशन भयो भने ०१७ सालमा सातौँ महाधिवेशन भयो । यसरी हेर्दा कांग्रेसको २००७ देखि १७ सालको अवधिमा चार वटा सम्मेलन भएको देखिन्छ ।
२०१७ साल पुस १ को राजाको ‘कु’ पश्चात् कांग्रेसको पटनामा विशेष भेला भयो । त्यसपछि बीपी कोइराला नेपाल नफर्कुन्जेल अनेक सम्मेलनहरू भए, तर ती सम्मेलनहरूलाई महाधिवेशनको नाम भने दिइएन ।
एकैपटक कांग्रेसको आठौँ अधिवेशन ०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापनापश्चात् ०४८ सालमा झापाको कलबलगुढीमा भयो । त्यसयता भने कांगेसको अधिवेशन प्रत्येक चार या पाँच वर्षमा हुँदै आएको देखिन्छ ।
कांग्रेसले १५औँ महाधिवेशन ०८३ मङ्सिरभित्र गर्नेछ । तर यो अधिवेशन ०८२ मङ्सिरमा गरिनुपर्ने थियो ।
भारतीय राष्ट्रिय कांग्रेसको इतिहास हेर्ने हो भने भारत स्वतन्त्र हुनुभन्दा पहिला त्यो पार्टीले प्रत्येक वर्ष सम्मेलन गर्दै महाधिवेशन गर्थ्यो । कांग्रेसको पनि ००७ सालभन्दा पहिला प्रत्येक वर्ष महाधिवेशन भएको देखिन्छ, तर ०४६ पछिको कथा बेग्लै छ । परिस्थिति यस्तोसम्म छ कि पार्टी विधानको पालना नगर्ने र संविधानमा उल्लेख भएबमोजिम पाँच वर्षभित्र अधिवेशन गर्ने पाबन्दी नराखिएको भए नेपालका कुनै पनि दलले आवधिक अधिवेशन विधानमा तत्तत् पार्टीका विधानमा उल्लेख भएबमोजिम गर्ने सम्भावना देखिँदैन । यो कुरा पुराना पार्टीमा मात्र होइन, नयाँ पार्टीहरूको हकमा समेत लागु हुन्छ । आज राष्ट्रिय स्वतन्त्र पार्टी भन्नुस् चाहे जनमत भन्नुस् । कुनै पनि नयाँ पार्टीले पहिलो सम्मेलन पहिलो अधिवेशनसमेत गर्न सकेका छैनन् ।
कांग्रेसले पाँच वर्षभित्रमा अधिवेशन त गर्छ । त्यो विधान र संविधानसम्मत देखिन्छ । कांग्रेसले १५औँ महाधिवेशन ०८३ मङ्सिरभित्र गर्नेछ । तर यो अधिवेशन ०८२ मङ्सिरमा गरिनुपर्ने थियो । त्योभन्दा विशेष कुरा त ०७९ को निर्वाचनलगत्तै जब प्रचण्डले कांग्रेसलाई धोका दिएर केपी शर्मा ओलीको प्रधानमन्त्री खान गए । त्यतिबेला नै कांग्रेसमा विशेष महाधिवेशनको आवाज उठे पनि त्यसले मूर्त रूप लिन पाएन ।
कांग्रेस मात्रै संसारको इतिहासमा एउटा मात्र यस्तो पार्टी हो, जसले ६ तहको निर्वाचन गरेर केन्द्रीय अधिवेशन गर्छ । बुथमा वडा समिति क्षेत्रीय प्रतिनिधिले वडाप्रति पालिका प्रतिनिधिले प्रदेश र महाधिवेशन प्रतिनिधि त्यसले जिल्ला कार्यसमिति र प्रदेश कार्य समिति अनि मात्र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने कांग्रेसको प्रक्रिया छ । यो कुनै पनि पार्टीको आन्तरिक लोकतन्त्रको हिसाबले सबैभन्दा बृहत्तर अभ्यास हो । अधिकांश ठाउँमा यो प्रक्रिया चुनावका विधिबाटै भएको देखिन्छ ।
कांग्रेसको १५औँ महाधिवेशनविना कुनै खास बहाना एक वर्ष लम्ब्याएर पाँच वर्ष पूरा गरेर हुँदै छ । १२औँ महाधिवेशन संविधानसभाको निर्वाचनमा पराजय पश्चात् भएको थियो भने १३औँ महाधिवेशन संविधान निर्माणको क्रममा लम्बिएको थियो । १४औँ महाधिवेशनको कार्यकाल लम्बिनुमा कोभिडको महाव्याधि कारण थियो । तर १५औँ महाधिवेशनको समय एक वर्ष लम्ब्याउन न देशमा राजनीतिक सङ्कट थियो न देशमा स्वास्थ्य संकटकाल थियो ।
पञ्चायतविरुद्धको आन्दोलनमा ०३४ सालमा बीपीको स्वदेश आगमनपश्चात् दीक्षित भएको तेस्रो पुस्ता र गणतन्त्रको आन्दोलन (२०५८–६२) मा स्थापित भएको चौथो पुस्ताबिचको यो अन्तर्द्वन्द्व कांग्रेसको भविष्य र १५औँ अधिवेशनबाट आउने नयाँ नेतृत्वका लागि निर्णायक हुनेछ ।
अब यसलाई ०८३ मङ्सिरभित्र हुने कुरामा सन्तोष मान्नुपर्दछ । कांग्रेस विधान, संविधानसम्मत छ । यो पार्टीको विधानजति लोकतान्त्रिक अरू पार्टीहरूको विधान छैन । कांग्रेसमा जस्तो छ तहमा आन्तरिक लोकतन्त्रको अभ्यास विश्वका अरू कुनै पार्टीमा हुँदैन । कांग्रेसको महाधिवेशन आन्तरिक लोकतन्त्र राष्ट्रिय अन्तर्राष्ट्रिय चासोका कारण लोकतन्त्रको महामेला हो ।
कांग्रेसका विगतका अधिवेशनमा महाधिवेशनको मिति तोकिएपछि मात्र क्रियाशील सदस्यता नवीकरण र वितरणका प्रक्रिया सुरु हुन्थे । १५औँ अधिवेशनमा क्रियाशील सदस्यता टुङ्ग्याउने जिम्मा लिएका महामन्त्री गगन थापाले चार वर्षको पूरै अवधिमा खुला राखेर काम गरिरहेका छन् । यो पटक महाधिवेशनको मिति तोकिएको दिनदेखि वितरणको प्रक्रियालाई महाधिवेशन सफल नहुन्जेल स्थगित हुनेछ । पार्टी यसरी क्रियाशील सदस्यता वितरण/नवीकरणको हकमा ऐतिहासिक रूपमा विधानअनुसार चलेको देखिन्छ ।
कांग्रेसका अधिवेशनहरू खास खास कारणले राष्ट्रिय राजनीतिमा निर्णायक साबित भएका छन् । कांग्रेसको पहिलो अधिवेशनपश्चात् ००४ सालको संविधान जारी भयो, भलै त्यो संविधानले काम गर्न पाएन ।
कांग्रेसको चौथो अधिवेशनले राणा शासन खत्तम गर्ने आह्वान गरेको थियो । छैटौँ अधिवेशनले समाजवाद अङ्गीकार गरेर समाजवादलाई राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित गर्यो ।
१५औँ महाधिवेशनले कांग्रेसको नेतृत्व दोस्रो पुस्ताबाट तेस्रो/चौथो पुस्तामध्ये कुनमा हस्तान्तरण हुन्छ भन्ने अत्यधिक चासो छ । पञ्चायतविरुद्धको आन्दोलनमा ०३४ सालमा बीपीको स्वदेश आगमनपश्चात् दीक्षित भएको तेस्रो पुस्ता र गणतन्त्रको आन्दोलन (२०५८–६२) मा स्थापित भएको चौथो पुस्ताबिचको यो अन्तर्द्वन्द्व कांग्रेसको भविष्य र १५औँ अधिवेशनबाट आउने नयाँ नेतृत्वका लागि निर्णायक हुनेछ ।
(तिवारी राजनीतिक विश्लेषक हुन्)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण