यू–२३ एसियन कप खेल्ने टोली ताजकिस्तान प्रस्थान
सारांश
- नेपाली यू-२३ फुटबल टोली एएफसी यू-२३ एसियन कप छनोटका लागि ताजिकिस्तान प्रस्थान गर्यो।
- टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाई गरेको थियो र टोली दुबई हुँदै ताजिकिस्तान पुग्नेछ।
- नेपाल समूह 'के' मा आयोजक ताजिकिस्तान, सिरिया र फिलिपिन्ससँगै छ, र छनोट सेप्टेम्बर ३ देखि सुरु हुनेछ।
काठमाडौँ । एएफसी यू–२३ एसियन कप छनोट खेल्ने नेपाली टोली आइतबार ताजकिस्तान प्रस्थान गरेको छ । प्रतियोगिता खेल्न जाने टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार बिदाइ गरेको थियो ।
टोलीको यात्रा करिब १० घण्टा ५५ मिनेटको यात्रा रहने एन्फाले जानकारी दिएको छ । नेपाली टोली दुबई हुँदै ताजिकिस्तान पुग्नेछ ।
सेप्टेम्बर ३ देखि ९सम्म ताजकिस्तानमा हुने छनोटको नेपाल समूह ‘के’ मा नेपालसँगै आयोजक ताजकिस्तान, सिरिया र फिलिपिन्स छन् ।
नेपाली टोलीको प्रशिक्षकमा नवीन न्यौपाने छन् । नेपालले सेप्टेम्बर ३ मा घरेलु टोली ताजकिस्तानसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।
नेपाली टोली
गोलकिपरः कृशल मोक्तान, अमित टमाटा, विशाल केसी
रक्षकः विवेक गुरुङ, विशाल नेपाली, लाहन सुब्बा, निग्मा लामा, राम थापा, शंकर थारु, सिमान्त थापा
मिडफिल्डरः अभिषेक स्याङ्तान, आयुष घलान, एरोन थापा, निराज कार्की, दिपेश गुरुङ, कृतीशरत्न छुन्जु, पुजन थापा, संजीव लामा, सन्तोष खत्री, सुजन मगर, सुमित श्रेष्ठ
फरवार्डः रोहन खड्गी, नीराजन धामी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण