चार दिने चीन भ्रमणमा पुगे पुटिन
सारांश
- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीनको चार दिने भ्रमणमा तियानजिन पुगेका छन्।
- पुटिनले सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिनेछन्।
- सम्मेलनमा भारतीय र पाकिस्तानी प्रधानमन्त्री पनि सहभागी हुनेछन्।
बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चार दिने चीन भ्रमणमा तियानजिन पुगेका छन् । यस क्रममा उनले सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा पनि भाग लिनेछन् ।
रुसको आधिकारिक समाचार एजेन्सी तासका अनुसार, पुटिन चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा चीन पुगेका हुन् । तियानजिन पछि उनी बेइजिङ जानेछन् । पुटिनलाई तियानजिन बिनहाई अन्तर्राष्ट्रिय विमानस्थलमा ‘गार्ड अफ अनर’ दिइएको पनि समाचारमा बताइएको छ ।
जापानसँग भएको युद्धको ८० औं वार्षिकोत्सवको अवसरमा चीनमा आयोजना हुन लागेको ‘विजय दिवस’ परेडमा पनि भ्लादिमिर पुटिनले भाग लिनेछन् । शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ पनि तियानजिन पुगिसकेका छन् ।
चीनको तियानजिनमा ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म हुने सांघाई सहयोग संगठन शिखर सम्मेलनमा धेरै देशका नेताहरू आइपुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
-
अमेरिकी आक्रमण जारी रहेसम्म स्ट्रेट अफ होर्मुज नखुल्ने इरानको चेतावनी
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण