मोदीलाई सीले भने : ड्र्यागन र हात्ती एकसाथ आउनु निकै जरुरी छ
सारांश
- चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बेइजिङमा भेटवार्ता भयो।
- भेटमा सिले चीन र भारत मिलेर अघि बढ्नुपर्ने कुरामा जोड दिए।
- उक्त भेटवार्ता संघाई सहयोग संगठन (एससीओ) को बैठकको अवसरमा भएको थियो।
बेइजिङ । चीनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ । आइतबार मोदीसँगको द्विपक्षीय भेटमा सिले ड्र्यागन र हात्ती एकसाथ आउनु निकै जरुरी भएको बताए ।
‘विश्व परिवर्तनतर्फ अघि बढिरहेको छ । चीन र भारत विश्वका दुई सबैभन्दा प्राचीन सभ्यता हुन् । हामी दुवै विश्वका सबैभन्दा बढी जनसङ्ख्या भएका देश हौँ र ग्लोबल साउथको हिस्सा हौँ ।’ चिनियाँ राष्ट्रपतिले थप भने, ‘दुबैका लागि मित्र रहिरहनु, असल छिमेकी हुनु र ड्र्यागन र हात्ती एकसाथ आउनु धेरै महत्त्वपूर्ण छ ।’
यसअघि, प्रधानमन्त्री मोदीले सोही बैठकमा भारत र चीनबीचको सम्बन्धले सकारात्मक दिशा पाएको बताएका थिए ।
सांघाई सहयोग संगठन (एससीओ)को बैठक ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म चीनको तियानजिनमा हुँदै छ । मोदी र सी जिनपिङ बाहेक रुसी राष्ट्रपति पुटिन पनि यसमा सहभागी हुँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण