गैरआवासीय नेपालीहरुको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्छः अध्यक्ष लिङ्देन
सारांश
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गैरआवासीय नेपालीको वंशजको नागरिकता निरन्तरताको माग गरेका छन्।
- उनले विदेशमा रहेका नेपालीलाई नेपालको समृद्धिमा जोड्न नागरिकता आवश्यक रहेको बताए।
- नागरिकता ऐनको संशोधनले विदेशमा रहेका नेपालीलाई असर गरेको उनको भनाइ छ।
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गैरआवासीय नेपालीहरुको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्ने माग गरेका छन् ।
पार्टीको जिल्ला कार्यसमितिद्वारा आज विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उनले विदेशमा बसोबास गरिरहेका नेपालीहरुलाई नेपालको समृद्धिमा जोड्नका लागि उनीहरुको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्ने तर्क गरे ।
उनले भने, “नेपाल बाहिर पनि नेपाल छ, प्रवासका रहेका नेपाली भूगोलभन्दा बाहिर छन् । उहाँहरुलाई पनि नेपालको चिन्ता छ ।”
विसं २०६३/६३ को राजनीतिक परिवर्तनपछि आएको नागरिकता ऐनको संशोधनमा दोहोरो नागरिकता राख्न नपाउने प्रावधानले विदेशमा कमाउन, अध्ययन गर्न र रोजगारीको खोजीमा पुगेका वंशजका नेपाली नागरिकलाई ठूलो असर पुर्याएको उनको भनाइ छ ।
“अवसरको खोजी र उच्च शिक्षाका लागि विभिन्न देश पुगेका नेपालीले सम्बन्धित देशकै नागरिकता लिएका हुन्”, उनले भने, “दीर्घकालीन रुपमा काम गर्ने हो भने उताको देशले नागरिकता लिनुपर्छ भनेको हो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण