नाउपा बैठक : यी हुन् छलफलका ३ एजेण्डा
आइतबार, १५ भदौ २०८२, १५ : ५१
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी(नाउपा)को केन्द्रीय कमिटी बैठकमा छलफलका ३ एजेण्डा पेस भएका छन् ।
काठमाडौँमा आइतबार ढिलो गरी सुरु भएको बैठकमा एजेण्डा पेस भएको प्रवक्ता दामोदर पण्डितले जानकारी दिए ।
उनका अनुसार समसामयिक राजनीतिक विषय, विधान संशोधन र केन्द्रीय सदस्य बढाएर अद्यावधिक गर्ने छलफलका एजेण्डा रहेका छन् ।
बैठक सम्भवतः आजै र नभए सोमबार सकिने पनि प्रवक्ता पण्डितले जानकारी दिए । उनका अनुसार निर्वाचन आयोगले रञ्जिता श्रेष्ठलाई अध्यक्षमा वैधानिकता दिएपछि असन्तुष्ट पक्ष भन्ने नै पार्टीमा नरहेको बताए । उक्त बैठकमा नाउपाका संरक्षक रेशम चौधरी भने सहभागी छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण