लोगो दुरुपयोग नगर्न तदर्थ समितिका संयोजक प्रधानलाई ओसिएको चेतावनी
आइतबार, १५ भदौ २०८२, १६ : ५८
सारांश
- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल ओलम्पिक कमिटीका संयोजक ध्रुवबहादुर प्रधानलाई लोगो दुरुपयोग नगर्न चेतावनी दिएको छ।
- ओसिएका महानिर्देशकले पठाएको पत्रमा एनओसीको लेटर हेडमा ओसिएको लोगो प्रयोग गर्नु अवैधानिक रहेको उल्लेख छ।
- ओसिएले लोगो प्रयोग नगर्न र कानुन उल्लंघन गरे कारबाही गर्ने चेतावनी दिएको छ।
काठमाडौँ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल ओलम्पिक कमिटीका तदर्थ समितिका संयोजक ध्रुवबहादुर प्रधानलाई आफ्नो लोगोको दुरुपयोग नगर्न चेतावनी दिएको छ ।
ओसिएका महानिर्देशक हुसेन अल मुसल्लमले आइतबार प्रधानलाई पत्र लेख्दै उनले एनओसीको लेटर हेडमा ओसिएको लोगो प्रयोग गर्नु अवैधानिक रहेको उल्लेख गरेको छ ।
पत्रमा प्रधानलाई सम्बोधन गर्दै हुसेनले लेखेका छन्, ‘तपाईंले आफ्ना चिठी पत्रमा नेपाल ओलम्पिक कमिटीको लेटर हेडमा ओसिएको लोगोको प्रयोग गर्नु अवैधानिक रहेको आधिकारिक रूपमा जानकारी गराउन चाहन्छौँ । यो आधिकारिक चेतावनी पनि हो, तपाईंले ओसिएको लोगो प्रयोग गर्न नछोडे ओसिएले आवश्यक कानुनी कारबाही गर्नेछ ।’
आइओसी तथा एनओसीलाई समेत सिसी गरिएको पत्रमा लेखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण