बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सशस्त्र प्रहरी बल

कमजोर कार्यसम्पादनपछि एसपी, डीएसपीसहित १६ अधिकृत जिम्मेवारीबाट हटाइए

आइतबार, १५ भदौ २०८२, १७ : ४१
आइतबार, १५ भदौ २०८२

सारांश

  • राजश्व सङ्कलन र कार्यसम्पादनमा कमजोरी देखिएपछि सशस्त्र प्रहरीका १६ अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ।
  • सशस्त्र प्रहरी बलका विभिन्न इकाईका एसपी, डीएसपी, इन्सपेक्टर लगायतका अधिकृतहरूलाई कमाण्डबाट हटाइएको हो।
  • सशस्त्र प्रहरी मुख्यालयले सीमा क्षेत्रमा कार्यरत कमाण्डरहरूमाथि निगरानी बढाएको छ र अन्य प्रदेशमा पनि निगरानी बढाएको छ।

काठमाडौँ । राजश्व सङ्कलन र कार्यसम्पादनमा कमजोरी देखिएपछि  एकै पटक सशस्त्र प्रहरीका अधिकृतहरू जिम्मेवारीबाट हटाइएका छन् । 

सशस्त्र प्रहरी बल नेपालका इकाईहरूमा कमाण्डरको रूपमा खटाइएका सशस्त्र प्रहरी अधिकृतहरूले राजश्व सङ्कलन र कार्यसम्पादनमा कमजोरी देखिएपछि प्रहरी उपरीक्षक (एसपी) सहित १६ जना अधिकृतलाई जिम्मेवारीबाट हटाइएको हो । प्रधान कार्यालयले आइतबार १ एसपी, १ डीएसपी, ७ इन्सपेक्टर, ६ सइ र १ असइ गरी १६ जनालाई कमान्डको जिम्मेवारीबाट हटाएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोष कुमार बस्नेतलाई कमाण्डरबाट फिर्ता गरेर सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीलाई पठाइएको सह प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले बताए । 

यसैगरी बारा जिल्लास्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कबहीगोठका सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढा, बिओपी झिटकैया बाराका सशस्त्र प्रहरी नायव निरीक्षक केदार बहादुर परियार, फरवार्ड सुरक्षा वेश बलिरामपुरका सशस्त्र प्रहरी नायव निरीक्षक हरी प्रसाद लम्साल, फरवार्ड सुरक्षा वेश छतवा बाराका सशस्त्र प्रहरी नायव निरीक्षक गणेश गिरी र झरखोर पोष्ट बाराका सशस्त्र प्रहरी सहायक निरीक्षक शिव शंकर प्रसाद चौधरीलाई जिम्मेवारीबाट हटाइएको थापाले बताए । 

डीएसपी थापाका अनुसार पर्सा जिल्लास्थित बोर्डर आउट पोष्ट प्रसौनी भाठ्ठाका सशस्त्र प्रहरी निरीक्षक सन्जीव बानीया क्षेत्री, बिओपी दक्षिण झिटकैयाका सशस्त्र प्रहरी निरीक्षक नरेश सुवाल बाटा, सुरक्षा वेश बहुअर्वाभाठाका सशस्त्र प्रहरी नायव निरीक्षक भिम बहादुर क्षेत्री र फरवार्ड सुरक्षा बेश जयमंगलापुरका सशस्त्र प्रहरी नायव निरीक्षक झक्कु प्रसाद ओलीलाई पनि जिम्मेवारीबाट हटाइएको छ ।

यसैगरी पश्चिम नवलपरासी जिल्लास्थित बोर्डर आउट पोष्ट भुजहवाका सशस्त्र प्रहरी निरीक्षक रुपक नापीत र कैलाली जिल्लास्थित प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुका सशस्त्र प्रहरी नायव उपरीक्षक नविन चन्द, बोर्डर आउट पोष्ट कुसुमघाटका सशस्त्र प्रहरी निरीक्षक रामशरण विष्ट, बिओपी फुलबारीका सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र बहादुर चन्द, बिओपी लल्लिपुरका सशस्त्र प्रहरी नायव निरीक्षक मोहन राम मोहर र कञ्चनपुर जिल्लास्थित बोर्डर आउट पोष्ट डोकेबजारका सशस्त्र प्रहरी निरीक्षक सूर्य प्रकाश पन्तलाई समेत जिम्मेवारीबाट हटाइएको हो ।

सीमा ईलाकामा कार्यरत कमान्डरहरूलाई मुख्यालयबाट समेत सुक्ष्म रूपमा निगरानी बढाइएको छ ।  सन्तोषजनक काम नगर्ने गणपति सहितका दर्जनौँ अधिकृतहरू यसअघि पनि समय नपुग्दै जिम्मेवारीबाट हटाइएका र कारबाहीमा समेत परेका छन् ।

मुख्यालयले अन्य प्रदेशमा समेत सुक्ष्मरुपमा निगरानी बढाएको छ । गण,गुल्म तथा बिओपी कमान्डमा रहेका केही अधिकृतमाथि पनि निगरानी बढाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप