कालोमोसोको धम्कीपछि यातायात विभागमा प्रहरीको सुरक्षा
आइतबार, १५ भदौ २०८२, १८ : ५४
सारांश
- कालोमोसोको धम्की आएपछि यातायात व्यवस्था विभागमा प्रहरी तैनाथ गरिएको छ।
- अङ्ग्रेजी भाषाको इम्बोस्ड नम्बर प्लेटको विरोध भइरहेको बेला विभागमा प्रहरी परिचालन गरिएको हो।
- विभागका महानिर्देशकलाई कालोमोसो दल्ने कार्यक्रम बनेपछि सुरक्षाको व्यवस्था मिलाइएको छ।
काठमाडौँ । कालोमोसोको धम्कीपछि यातायात व्यवस्था विभागमा प्रहरी तैनाथ गरिएको छ ।
महँगो मूल्यमा अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएसँगै विरोध बढिरहेको वेला विभागमा आइतबार प्रहरी परिचालन गरिएको हो ।
इम्बोस्डको विरोधमा रहेको समूहले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेललाई कालोमोसो दल्ने कार्यक्रम बनाएका थिए ।
साउन १२ गते बसेको विषयगत समितिको बैठकले असोज १ गतेदेखि इम्बोस्ड अनिवार्य गर्ने भनेसँगै केही दिनअघि यातायात व्यवस्था विभागले सूचना जारी गरेको थियो ।
यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीले प्रहरीले सुरक्षा दिएपनि अवस्था सामान्य रहेको बताए । ‘बजारमा विरोध र हल्ला भएपछि सुरक्षा दिनु स्वाभाविक नै हो, अरू अवस्था सामान्य छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण