पोखराको बागलुङ बसपार्कमा अनैतिक काम गर्ने १७ महिलासहित १९ जना पक्राउ
सारांश
- पोखराको बागलुङ बसपार्कबाट अनैतिक काम गरेको आरोपमा १९ जना पक्राउ परेका छन्।
- प्रहरीले खाजा घरमा होहल्ला र अनैतिक क्रियाकलाप गरेको आरोप लगाएको छ।
- पक्राउ परेकाहरूमाथि सार्वजनिक हित विरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ।
पोखरा । पोखराको बागलुङ बसपार्कबाट अनैतिक काम गरेको आरोपमा १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । खाजा घर सञ्चालन गरी होहल्ला र अनैतिक काम गरिरहेको सूचनाका आधारमा उनीहरू पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार बसपार्क क्षेत्रमा खाजा घर चलाएर लागू औषध कारोबार भएको, यौनजन्य क्रियाकलाप गरिएको, होहल्ला गरी अशान्ति फैलाएको भन्ने सूचना पाएपछि छापा मारिएको हो । विभिन्न खाजाघरबाट १७ महिला र २ पुरुष गरी १९ जना सञ्चालकलाई पक्राउ गरेको कास्की प्रहरीका प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
पक्राउ परेकाहरूमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप भएको छ ।
पक्राउ पर्नेमा कुमारी खाजा घरका सञ्चालक प्रकाश गुरुङ, विमला मगर ७ खाजा घर सञ्चालन गर्ने विमला मगर, सफल सचिन खाजा घरकी मनदेवी घर्ती, बेल कुमारी ७ खाजा घरकी बेलकुमारी रानाभाट, सीमा सुकुटी हाउसकी सञ्चालक मिनाकुमारी गुरुङ छन् ।
यस्तै, सरिता खाजा घरकी सञ्चालक सरिता परियार, मिना खाजा घरकी मिना सिर्पाली, नाम नभएको खाजा घरकी निरु तामाङ, मनीषा खाजा घरकी राधिका नेपाली, सृष्टि खाजा घरकी टिका माया तामाङ पनि पक्राउ परेका छन् ।
जेनिसा रेस्टुरेन्टकी विष्णु किसान, आरभ खाजा घरकी आशा मगर, गिभिर खाजा घरकी माया कार्की, नाम नभएको खाजा घरकी कुमारी किसान, हिम फ्रेस खाजा घरकी मञ्जु लामा, दीपक खाजा घरकी लक्ष्मी विक, पोखरेली कान्छी खाजा घरकी आशा तामाङ, बागलुङ कालिका खाजा घरका सुवास दर्जी र अन्जु मञ्जु खाजा घर सञ्चालन गर्ने सीता परियार पक्राउ परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण