शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अस्ट्रेलियामा रुसको कन्सुलेटमा गाडी ठोक्काउने व्यक्ति पक्राउ

सोमबार, १६ भदौ २०८२, ०८ : २२
सोमबार, १६ भदौ २०८२

सारांश

  • अस्ट्रेलियाको सिड्नीस्थित रुसी कन्सुलेटको गेटमा गाडी ठोक्काएपछि एक व्यक्ति पक्राउ परेका छन्।
  • प्रहरीले चालकलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान सुरु गरेको छ, तर कारण अज्ञात छ।
  • घटनामा एक प्रहरी अधिकारी घाइते भएका छन्, तर अरु कसैलाई चोट लागेको छैन।
00:00 / NaN:NaN
Audio By AI

सिड्नी । अस्ट्रेलियाको सिड्नीस्थित रुसको कन्सुलेटको गेटमा गाडी ठोक्काएको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

स्थानीय समय अनुसार बिहान करिब ८ बजे वुल्लाह्रा उपनगरस्थित कन्सुलेटमा अनधिकृत गाडी पार्क भएको खबरपछि प्रहरी घटनास्थल पुगेको थियो ।

प्रहरीले चालकसँग सम्पर्क गर्ने प्रयास गरे पनि ३९ वर्षीय ती व्यक्तिले गाडी चलाएर कन्सुलेटको प्रवेशद्वारमा ठोक्काइदिएका थिए । उनलाई तत्कालै नियन्त्रणमा लिएर पक्राउ गरिएको छ ।

घटनामा एक प्रहरी अधिकृतको हातमा चोट लागेको प्रहरीले जनाएको छ । अन्य कसैलाई भने चोटपटक नपरेको बताइएको छ ।

हालसम्म चालकको पहिचान वा घटना पछाडिको कारणबारे प्रहरीले कुनै विवरण सार्वजनिक गरेको छैन । अनुसन्धान जारी रहेको बताइएको छ ।

एक प्रत्यक्षदर्शीका अनुसार प्रहरी अधिकारीहरूले बन्दुक तानेर चालकलाई गाडीबाट बाहिर आउन आदेश दिएका थिए र उनले कुनै प्रतिरोध नगरी आत्मसमर्पण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप