धवलशमशेरलाई जिम्मेवारी दिएर अस्ट्रेलियातिर नवराज सुवेदी
सारांश
- नवराज सुवेदी अस्ट्रेलिया जाँदै, संवैधानिक राजसंस्था पुनर्स्थापनाका लागि बनेको संयुक्त जनआन्दोलन समितिका संयोजक हुन्।
- कार्यवाहक संयोजकको जिम्मेवारी राप्रपाका महामन्त्री धवल शमशेर राणालाई दिइएको छ।
- सुवेदी दसैँअघि नेपाल फर्किने कार्यक्रम रहेको छ।
काठमाडौँ । वर्तमान व्यवस्थालाई चुनौती दिन बनेको ‘संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदी केही समयका लागि विदेश जान लागेका छन् ।
उनी पारिवारिक भ्रमणका लागि अस्ट्रेलिया जान लागेपछि कार्यवाहक संयोजकको जिम्मेवारी राप्रपाका महामन्त्री धवल शमशेर राणालाई दिइएको छ ।
‘म केही समय देश बाहिर हुनेछु । म देश बाहिर रहुन्जेल, मेरो अनुपस्थितिमा मैले गर्दै आएको सम्पूर्ण जिम्मेवारी कार्यवाहक संयोजकको रूपमा डा धवलशमशेर राणालाई अख्तियारी दिएको छु’, उनले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनी आजै अस्ट्रेलिया प्रस्थान गर्न लागेको उनी निकट स्रोतले जनाएको छ । उनको नातिसहितका आफन्त अस्ट्रेलियामा रहेको बताइएको छ । उनी दसैँअघि नेपाल फर्किने कार्यक्रम रहेको छ ।
सुवेदीको नेतृत्वको गत असारसम्म राजावादी समूहले आन्दोलन गरेका थिए । तर, असारपछि सुवेदी नेतृत्वको राजावादी समूहको गतिविधि शून्यजस्तै बनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण