अल्लु अर्जुनकी हजुरआमा कनकरत्नम्माको आँखा दान गरियो
सारांश
- दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनकी हजुरआमा कनकरत्नम्माको ९४ वर्षको उमेरमा निधन भयो।
- कनकरत्नम्माको अन्तिम इच्छाअनुसार उनको आँखा दान गरियो।
- अल्लु अर्जुन र राम चरण लगायत परिवारका सदस्यहरू अन्त्येष्टिमा सहभागी भए।
हैदराबाद । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनकी हजुरआमा तथा दिवंगत अभिनेता अल्लु रामलिंगैयाकी श्रीमती अल्लु कनकरत्नम्माको ९४ वर्षको उमेरमा शनिबार निधन भएको छ। निधनपछि ज्वाइँ सुपरस्टार चिरञ्जीवीले उनको अन्तिम इच्छाअनुसार कनकरत्नम्माको आँखा दान गरेका छन्।
भारतको हैदराबादमा शनिबार राति १:४५ बजे निधन भएकी कनकरत्नम्माको पार्थिव शरीर आइतबार बिहान घर ल्याइएर कोकापेटमा अन्त्येष्टि गरिएको थियो। निधनको खबर पाएपछि अल्लु अर्जुन मुम्बईबाट तुरुन्तै हैदराबाद फर्किएका थिए भने अभिनेता राम चरणले पनि सुटिङ छोडेर अन्त्येष्टि कार्यक्रममा सहभागी भएका थिए।
चिरञ्जीवीले आफ्नी सासूको जीवनभरको प्रेम र साहसलाई स्मरण गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन्। कोनिडेला–अल्लु परिवार दक्षिण भारतीय चलचित्र, व्यवसाय र राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएको छ।
अल्लु रामलिंगैया र उनकी पत्नी कनका रत्नम्माका चार सन्तान अरविन्द, सुरेखा, वसन्त र भारती थिए। उनका छोरा अल्लु अरविन्द र पत्नी निर्मलाका तीन सन्तान वेंकटेश, अल्लु अर्जुन र अल्लु सिरिश छन्।
चिरंजीवीकी श्रीमती सुरेखा हुन् र उनका तीन छोराछोरी राम चरण, सुष्मिता र श्रीजा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण