एमालेको नीति राष्ट्रको नीति बन्न सकेको छैन : महासचिव पोखरेल
सारांश
- एमाले महासचिव शंकर पोखरेलले एमालेको नीति राष्ट्रको नीति बनाउनुपर्ने बताए।
- उनले एमाले निर्णायक राष्ट्रिय शक्ति बन्नुपर्ने कुरामा जोड दिए।
- पोखरेलले राजनीतिक क्रान्तिले राज्यसत्ताको चरित्र निर्धारण गर्न नसकेको बताए।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको नीति राष्ट्रको नीति बनाउन सामर्थ्य राखेर पार्टी निर्माणमा लाग्नुपर्ने बताएका छन् ।
एमाले नेता आनन्द पोखरेलको ‘कम्युनिस्ट पार्टी निर्माणका आधार’ नामक पुस्तक सार्वजनिक समारोहमा सोमबार बोल्दै महासचिव पोखरेलले जतिवेला एमालेको नीति राष्ट्रको नीति बन्ने अवस्था आउँछ त्यसवेलामात्र एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने बताएका हुन् ।
‘यद्यपि अहिले पनि हाम्रो पार्टीले सरकारको नेतृत्व गरिरहेको छ तर हाम्रो नीति राष्ट्रको नीति बनाउने ठाउँमा पुगेका छैनौ’, महासचिव पोखरेलले भने, ‘सरकार बनाउन भिन्न विचारका दलको सहकार्यबाट सरकार बनाइरहेका छौ ।’
महासचिव पोखरेलले क्रान्तिपछि राज्यसत्ताको नेतृत्वको चरित्र निरूपण गर्ने भएपनि हाम्रो राजनीतिक क्रान्तिले राज्यसत्ताको चरित्र निरूपण गर्न नसकेको बताए ।
‘कुन वर्गको नेतृत्व भन्ने फैसला राजनीतिक क्रान्तिले निरूपण गर्न सकेको छैन’, उनले भने, ‘त्यसअर्थमा हाम्रो क्रान्तिलाई पूर्णता दिनका लागि आवधिक रूपमा हुने चुनावमा कुन वर्गलाई स्थापित गर्ने भन्ने प्रश्न मुख्य प्रश्न हुनुपर्छ ।’ तर पछिल्लो समय चुनावलाई वर्गसंर्घषको रूपमा बुझ्न छाडिएको भन्दै अवसर प्राप्तीका रूपमा बुझ्ने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण