राष्ट्रियसभाको कार्यसूचीबाट हट्यो संघीय निजामती सेवा विधेयक
काठमाडौँ । राष्ट्रियसभाको सोमबारको कार्यसूचीमा रहेको ‘संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ कार्यसूचीबाट हटाइएको छ ।
विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले पेस गर्ने कार्यसूची राखिएपछि समितिमा विवाद भएर प्रतिवेदन नै पारित नभएपछि कार्यसूचीबाट हटाइएको हो ।
निजामती कर्मचारीको अवकाश उमेर हद लागू गर्ने विषयमा कुरा मिलेको छैन । प्रतिनिधिसभाले विधेयक ऐनमा रूपान्तरित भएको वर्ष ५८ वर्षमा अवकाश हुने, अर्को वर्ष ५९ वर्ष र त्यसपछिको वर्ष ६० वर्षमा अवकाशको उमेर हद लागू हुने प्रावधान पास गरेर पठाएको छ ।
त्यसविपरीत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले आइतबारको समिति बैठकमा विधेयक ऐनमा रूपान्तरित भएको वर्ष ५९ वर्षमा अवकाश हुने र अर्को वर्ष ६० वर्षको प्रावधान लागू गर्ने प्रस्ताव राखेकी थिइन् ।
त्यो प्रस्ताव माओवादी र एकीकृत समाजवादीले मानिरहेका छैनन् । त्यसैले विधेयक पास हुन सकिरहेको छैन । समिति बैठक सोमबार पनि बसिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण