ललितपुर महानगरपालिकाद्वारा बहाल कर दाखिला गर्न आग्रह
सोमबार, १६ भदौ २०८२, १६ : ५६
सारांश
- ललितपुर महानगरपालिकाले व्यवसायी र संघ–संस्थालाई संस्थागत बहाल कर दाखिला गर्न आग्रह गरेको छ।
- स्थानीय सरकार सञ्चालन ऐन र सर्वोच्च अदालतको आदेशअनुसार कर उठाउन लागिएको हो।
- महानगरपालिकाले बहाल कर महानगर वा वडा कार्यालयमा दाखिला गर्न सूचना जारी गरेको छ।
ललितपुर । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका व्यवसायी तथा संघ–संस्थालाई संस्थागत बहाल कर अनिवार्य रूपमा दाखिला गर्न आग्रह गरेको छ।
नेपालको संविधानको अनुसूची ८, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले बहाल कर स्थानीय तहको एकल अधिकार सूचीभित्र परेको भन्दै महानगरपालिकाले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
यसअघि सर्वोच्च अदालतले बहाल कर संकलन गर्न स्थानीय तहलाई कुनै अवरोध नगर्नू भनी नेपाल सरकार, अर्थ मन्त्रालयसहितका नाममा परमादेश जारी गरिसकेको पनि नगरपालिकाले जनाएको छ।
त्यसैले महानगर क्षेत्रभित्रका सबै व्यवसायी तथा संस्थाहरूले महानगरपालिका वा सम्बन्धित वडा कार्यालयमा बहाल कर दाखिला गर्नुपर्ने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण