बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भिजिट भिसामार्फत करिब ४० हजार नेपाली महिला कुवेतमा बेचिए : सांसद विष्ट

सोमबार, १६ भदौ २०८२, १६ : ५६
सोमबार, १६ भदौ २०८२

सारांश

  • राष्ट्रियसभा सदस्य नरबहादुर विष्टले ४० हजार नेपाली महिला कुवेतमा बेचिएको खबरबारे सरकारको ध्यानाकर्षण गराए।
  • विष्टले भिजिट भिसामा पठाउन अध्यागमनका कर्मचारीलाई एक लाख बुझाउने गरेको बताए।
  • उनले कुवेतमा महिलाहरू बन्धक बनाइएको र उद्धारको माग भइरहेको बताए।

काठमाडौँ । राष्ट्रियसभा सदस्य नरबहादुर विष्टले भिजिट भिसामार्फत करिब ४० हजार नेपाली महिला कुवेतमा लगेर बेचिएको खबर आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबारको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले भिजिट भिसामा अध्यागमन विभागको कर्मचारीलाई एक लाख बुझाउने गरेको देखिएको बताएका हुन् । 

उनले भने, ‘एउटै घरमा बन्धकको रूपमा राखिएको र उद्धारको माग गरिरहेको भन्नेछ । भिजिट भिसाको प्रकरणमा त्यत्रो सङ्ख्यामा महिला बेचिँदा के भएको हो सरकार र गृह मन्त्रालयले यो रोष्ट्रममा आएर सदनलाई जानकारी दिनका लागि माग गर्न चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप