जीपीएस अवरुद्ध हुँदा ईयू प्रमुखको विमान प्रभावित, रुसमाथि आरोप
काठमाडौँ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन बोकेको विमान बुल्गेरियामा अवतरणको क्रममा जीपीएस प्रणाली अवरुद्ध भएको छ । आयोगका प्रवक्ताका अनुसार शङ्कास्पद रुसी हस्तक्षेपकै कारण नेभिगेसनमा समस्या देखिएको हो ।
आइतबार लेयन बुल्गेरिया आइपुग्ने बित्तिकै विमानको जीपीएस सिग्नल जाम भएको थियो, तर अवतरण भने सुरक्षित भएको थियो ।
बुल्गेरियाली सरकारले पनि ‘उडानका क्रममा उपग्रह सिग्नल अवरुद्ध भएको’ पुष्टि गरेको छ । हवाई नियन्त्रणले तत्काल वैकल्पिक जमिन–आधारित नेभिगेसनमार्फत मार्ग तय गरेर विमान सुरक्षित अवतरण गराइएको थियो ।
फाइनान्सियल टाइम्सका अनुसार, जीपीएस असफल भएपछि लेयनले कागजी नक्सा प्रयोग गर्दै प्लोभडिभ विमानस्थलमा अवतरण गर्नुपरेको थियो ।
आयोगले यो घटनालाई ‘रूसका शत्रुतापूर्ण गतिविधिहरूको हिस्सा’ भन्दै युरोपेली सङ्घले आफ्नो रक्षा क्षमता र युक्रेनलाई समर्थन अझै बलियो बनाउने उल्लेख गरेको छ ।
तर, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने उक्त आरोपलाई ‘झूटो’ बताएका छन्। यसअघि पनि विज्ञहरूले रुसले उपग्रह नेभिगेसन प्रणालीमा लगातार हस्तक्षेप गरिरहेको चेतावनी दिँदै आएका छन्, जसको प्रभाव हजारौँ नागरिक उडानमा समेत परेको बताइन्छ ।
भोन डेर लेयन हाल पूर्वी युरोपेली सङ्घका मुलुकहरूको भ्रमणमा छिन्, जहाँ उनले रक्षा तयारी र क्षेत्रीय सुरक्षा सम्बन्धी छलफल गर्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण