विकास खर्चबारे सूचना नपाएपछि स्थानीयले जनप्रतिनिधिहरूलाई कार्यालयमै थुनिदिए
सारांश
- पर्साको धोबनी गाउँपालिकाका मेयरसहित वडाध्यक्षलाई स्थानीयले कार्यालयमा थुनेका छन्।
- स्थानीयले गत आर्थिक वर्षको बजेट विकास खर्च सार्वजनिक गर्नुपर्ने माग गर्दै तालाबन्दी गरेका थिए।
- गाउँपालिकाले सूचना नदिएपछि स्थानीयले सूचनाको हक प्रयोग गर्दै तालाबन्दी गरेको बताए।
वीरगन्ज । गएको आर्थिक वर्ष बजेट विकास खर्च सार्वजनिक नगरेको भन्दै पर्साको धोबनी गाउँपालिकाका मेयरसहित वडाध्यक्ष कार्यालयमा थुनिएका छन् ।
स्थानीयहरूले मुख्य गेटमा तालाबन्दी गरेर धोबनी गाउँपालिकाका मेयर मदन चौहान, उपमेयर मञ्जु देबीका श्रीमान श्याम पटेल र वडाध्यक्षहरूलाई ६ घन्टा कार्यालयमै थुनिदिएका हुन् । बिहान ११ बजेदेखि आफूहरू कार्यालयमा थुनिएको गाउँपालिका अध्यक्ष मदन चौहानले बताए । गत वर्ष भएको विकास खर्च रकम, कुन योजना कहाँ खर्च भयो ? के–के खरिद गरियो ? त्यो हरहिसाब सार्वजनिक गर्न स्थानीयले माग गर्दै आएका थिए । स्थानीयले सूचनाको हक प्रयोग गरी गाउँपालिकाले विकास निर्माणमा गरेको खर्चको प्रमाणित विवरण माग गरेका स्थानीय साहेब पटेलले बताए ।
उनका अनुसार यही असार २९ गते स्थानीयहरूले सूचनाको हक प्रयोग गर्दै गाउँपालिको खर्च विवरण सार्वजनिक गर्न लिखित रूपमा सूचना दर्ता गराएका थिए, जसको दर्ता नम्बर हो– १०३८ ।
यसरी दुई महिना भइसक्दा पनि गाउँपालिकाले मागेको सूचना नदिएपछि आज तालाबन्दी गरिएको आन्दोलनमा सहभागी स्थानीय पटेलले बताए । कार्यालयले माग गरिएको सबै विवरण उपलब्ध नगराएपछि बाध्य भएर तालाबन्दी गरिएको पटेल बताउँछन् । उनका अनुसार गत आर्थिक वर्षमा व्यापक अनियमितता भएको भेटिएपछि हरहिसाबको माग गरिएको हो ।
यता गाउँपालिका प्रमुख चौहानले भने, ‘गाउँका केही बदमास नियत भएका व्यक्तिहरू आज बिहान हरहिसाबको माग गर्दै कार्यालयमा आएका थिए, त्यसपछि मुल गेटमा ताला लगाइदिएर हामीलाई भित्रै थुनिदिए ।’
स्थानीयहरूले मागेको धेरै सूचना दिइसकेको दाबी गर्दै उनले भने, ‘केही सूचनाहरू भने दिन बाँकी छ, त्यो हाकिम नभएर दिन सकिएको छैन ।’
तर गाउँपालिका अध्यक्ष चौहानले भने यो तालाबन्दीलाई राजनीतिक पूर्वाग्रहको संज्ञा दिएका छन् । स्थानीयलाई सबै सूचना दिने सहमतिपछि प्रहरीको सहयोगमा उनीहरूलाई बाहिर निकालिएको थियो ।
यद्यपि पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीसँग घटना सुल्झाउन पहल गरिदिन आफूले आग्रह गरेको अध्यक्ष चौहान बताउँछन् । वार्ता गरेर आफू अगाडि बढ्न तयार रहेको आफूले सीडीओलाई जानकारी गराएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण