जापानमा भालु आक्रमण बढ्दो
सारांश
- जापानमा भालुको आक्रमण बढेपछि सरकारले सिकारीलाई हतियार प्रयोग गर्न सहज बनाएको छ।
- यस वर्ष भालुको आक्रमणबाट चार जनाको मृत्यु भएको छ भने अगस्टमा दर्जनौं घाइते भएका छन्।
- विज्ञहरूका अनुसार घट्दो जनसङ्ख्या, मौसम परिवर्तन, र बाँझो जमिनका कारण भालुहरू शहर नजिक आउन बाध्य छन्।
टोकियो । जापानमा भालुहरूको आक्रमण बढेपछि सरकारले सिकारीहरूलाई सम्भावित क्षेत्रमा राइफल तथा बन्दुकहरू प्रयोग गर्न सजिलो हुने गरी हात हतियारसम्बन्धी नियमहरू सहज बनाएको छ ।
घट्दो मानव जनसङ्ख्या तथा जलवायु परिवर्तन लगायतका कारणहरू भालुको वासस्थानमा परेको प्रभावका कारण जापानको आवासीय क्षेत्रहरूमा धेरै जङ्गली भालुहरू देखिने गरेको छ ।
यस वर्षको अप्रिलदेखि जापानमा भालुको आक्रमणबाट चार जनाको मृत्यु भएको तथा अगस्टमा होक्काइदोमा दर्जनौँ घाइते भएको जनाइएको छ ।
उत्तरी सहर किताकितामा रहेको अपाङ्गता संरक्षण केन्द्रमा जुलाईमा भालुले आक्रमण गरेपछि एक जना महिलालाई बेहोस अवस्थामा उद्धार गरिएको थियो । जुनमा एउटा भालु क्षेत्रीय विमानस्थलको धावनमार्गमा घुम्दै गरेको देखिएको थियो ।
कडा हतियार नियन्त्रण प्रणाली अवलम्बन गरेको जापानले भालुको आक्रमण आत्मरक्षाको लागि सिकारीहरूलाई राइफल र बन्दुकको प्रयोगलाई प्रहरीको स्वीकृतिपछि अनुमति दिइएको छ ।
सोमबारदेखि अधिकारीहरूले बासिन्दाहरूको सुरक्षा सुनिश्चितसँगै आपत्कालीन अवस्थामा सिकारीहरूलाई राइफल प्रयोग गर्ने अधिकार दिन सक्ने जनाइएको छ ।
सन् २०२५ मार्चसम्म जापानमा ८५ जना मानिसहरूलाई भालुले आक्रमण गरेका थियो जसमध्ये तीन जनाको मृत्यु भएको थियो ।
उक्त अवधिमा पाँच हजार १३६ भालु मारिएका थिए । मारिएका भालुको सङ्ख्या अघिल्लो वर्षको सोही अवधिमा नौ हजार रहेको थियो ।
ग्रामीण जनसङ्ख्याको ह्रास र मौसम परिवर्तनले भालुहरूको खाना र बसोबासलाई असर गर्दा धेरै जनावरहरू सहर नजिक जान बाध्य भइरहेको विज्ञहरूले जनाएका छन् ।
जापानको घट्दो जनसङ्ख्या कारण बाँझो जग्गामा भएको वृद्धिले पनि जङ्गली क्षेत्रहरू बढिरहेको जनाइएको छ ।
अधिकांश वृद्ध जनसङ्ख्याको अवस्था भएका कारण सिकारीहरूको सङ्ख्यामान कमी आएको र भालुको जनसङ्ख्यामा वृद्धि भएका कारण आक्रमण बढेको जनाइएको छ ।
पछिल्लो समयमा टोकियो क्षेत्रमा पनि धेरै भालुहरू देखा परेको रिपोर्ट गरिएको छ ।
गत महिना, सहरी क्षेत्रमा रहेको नदीमा माछा मार्दा एक जना व्यक्तिलाई भालुले आक्रमण गरेको बताइएको छ ।
सरकारी सञ्चार माध्यम एनएचकेका अनुसार यस वर्ष जापानमा प्राथमिक, माध्यमिक वा उच्च विद्यालयभित्र वा नजिकै कम्तीमा ३९ वटा भालु देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण