रसुवामा मोटरसाइकल दुर्घटना, २ युवाको शव फेला
सारांश
- रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको शव फेला परेको छ।
- भदौ १५ गतेदेखि बेपत्ता भएका युवाहरू मोटरसाइकलमा धुन्चेतर्फ जाँदै गर्दा दुर्घटना भएको पुष्टि भयो।
- प्रहरी, सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी गर्दा दुर्घटनाग्रस्त अवस्थामा शव फेला पारेको हो।
रसुवा । रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६ सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गोसाइँकुण्ड–६ ठाडे बस्ने २४ वर्षीय सुदिप घले र २३ वर्षीय दावा डेण्डुप तामाङ एएए–३८१७ नम्बरको मोटरसाइकलमा भदौ १५ गते धुन्चेतर्फ जाँदै गरेका थिए। उनीहरू सोही दिनदेखि सम्पर्कविहीन भएपछि आफन्तले मंगलबार बिहान प्रहरीमा खोजतलासको लागि निवेदन दिएका थिए।
निवेदनपछि खोजी कार्य सुरु गरिएको थियो। धुन्चेमा जडान गरिएको सिसिटिभी फुटेजमा भदौ १५ गते राति करिब १० बजे मोटरसाइकलमा धुन्चेबाट ठाडेतर्फ गइरहेको देखिएको प्रहरीले जनाएको थियो। त्यसकै आधारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो।
जसअनुसार मंगलबार बिहान उनीहरुको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा शव फेला परेको हो ।
घटनास्थल निरीक्षण गर्दा मोटरसाइकल सडकबाट करिब २५० मिटर तल खोलामा खसेर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। फेला परेको एउटा शवलाई रोप रेस्क्यु प्रविधिबाट निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण