डा. गोविन्द केसीले सत्याग्रह तोडे, स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल भर्ना
मङ्गलबार, १७ भदौ २०८२, १६ : ४६
सारांश
- डा. गोविन्द केसीले स्वास्थ्य अवस्था गम्भीर भएपछि २३औँ सत्याग्रह तोडेका छन्।
- ग्लुकोजको मात्रा कम भएपछि चिकित्सकको सल्लाहमा उनले अनशन तोडेका हुन्।
- उनलाई गेटा मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको छ, स्वास्थ्य अवस्था जटिल बनेको छ।
धनगढी । तीन दिनअघि सत्याग्रहमा बसेका डा. गोविन्द केसीले स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि मंगलबार दिउँसो आफ्नो २३औँ सत्याग्रह तोडेका छन्। ग्लुकोजको मात्रा अत्यधिक कम भई २७ मा झरेपछि चिकित्सकको सिफारिसमा उनले सत्याग्रह समाप्त गरेका हुन्।
उनका सहयोगी डा. अमृत जैशीका अनुसार, गेटा मेडिकल कलेजमा उपचाररत केसीलाई रिँगटा लाग्ने, मांसपेशी बाउँडिने र मुटुको चालमा अनियमितता देखिएको छ। उनलाई केही दिन अस्पतालमै राखेर उपचार गरिने तयारी गरिएको छ।
सत्याग्रह तोड्ने क्रममा गेटा अस्पतालमा उपचारका लागि आएका कञ्चनपुरका ५२ वर्षीय प्रितम चौधरीको हातबाट जुस लिएर डा. केसीले अनशन तोडेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण