अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १४ सय नाघ्यो
मङ्गलबार, १७ भदौ २०८२, १७ : ५३
काठमाडौँ । पूर्वी अफगानिस्तानमा आएको विनाशकारी भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १४ सय नाघेको छ । तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले मंगलबार यो जानकारी दिएका हुन् ।
भूकम्पमा परेर अहिलेसम्म करिब तीन हजार जना घाइते भएको उनले बताए । भग्नावशेषमा फसेका मानिसहरूलाई बाहिर निकाल्ने काममा संलग्न राहत टोलीहरू खटिइरहेको पनि उनले बताए ।
आइतबार राति अबेर पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्यूडको विनाशकारी भूकम्प आएको थियो । भूकम्प पहाडी क्षेत्रमा आएको थियो, जसका कारण धेरै गाउँका घरहरू पूर्ण रूपमा भत्किए र मानिसहरू घण्टौँसम्म भग्नावशेषमा पुरिएका थिए ।
घाइतेहरूलाई बाहिर निकालिने काम भइरहेकोले मृतकको सङ्ख्या बढ्न सक्ने अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता युसुफ हम्मदले एसोसिएटेड प्रेसलाई भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण