सिटीपे फोनेपे नेटवर्कमा सामेल
ललितपुर । डिजिटल वालेट सिटीपे भुक्तानी प्रणाली सञ्चालक फोनेपेको प्रणालीमा आधिकारिक रूपमा एकीकृत भएको छ। योसँगै सिटीपे फोनेपे नेटवर्कमा जोडिने दशौँ वालेट बनेको छ।
यस एकीकरणपछि सिटीपे प्रयोगकर्ताले अब फोनेपेको राष्ट्रव्यापी अन्तरसञ्चालित क्यूआर नेटवर्कमार्फत १.७ मिलियनभन्दा बढी व्यापारी आउटलेटमा सहज, सुरक्षित र तत्काल भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
फोनेपेले हाल ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थालाई जोडेको छ भने डिजिटल वालेट साझेदारहरूको सङ्ख्यामा पनि निरन्तर वृद्धि भइरहेको छ। यसले लाखौँ प्रयोगकर्तालाई नगदरहित कारोबारमा सहभागी गराउँदै वित्तीय समावेशीकरणलाई प्रोत्साहन गरिरहेको छ।
फोनेपेका सीईओ दिवस कुमारका अनुसार, “सिटीपेलाई हाम्रो पारिस्थितिक प्रणालीमा स्वागत गर्नु महत्त्वपूर्ण कदम हो। प्रत्येक नयाँ एकीकरणले नेटवर्कलाई अझ बलियो र समावेशी बनाउँछ। हाम्रो उद्देश्य वालेट र बैंकहरू जोड्नु मात्र होइन, प्रत्येक व्यक्ति र व्यवसायलाई डिजिटल भुक्तानीको विश्वासिलो सुविधा उपलब्ध गराउनु हो।”
त्यस्तै, सिटीपेका सीईओ बिनय रेग्मीले भने, “यो साझेदारी प्रविधिभन्दा पनि धेरै महत्त्वाकाङ्क्षी छ। यसले लाखौँ रेमिट्यान्स लाभार्थीलाई सशक्त बनाउन मद्दत गर्नेछ। फोनेपे र सिटीपे मिलेर प्रयोगकर्ता र व्यापारीलाई सहज, सुरक्षित र तत्काल कारोबारको अनुभव दिलाउनेछन्।”
साझेदारीलाई विशेष बनाउन सिटीपेले भदौ १७ (सेप्टेम्बर २) देखि कात्तिक १७ (नोभेम्बर २) सम्म क्यूआर कारोबारमा आधारित विशेष पर्व–अभियान घोषणा गरेको छ। अभियान अवधिभर प्लेटफर्ममार्फत गरिएका कारोबारहरू स्वतः भाग्यशाली चिट्ठामा सामेल हुनेछन्। दुई भाग्यशाली विजेताले मासिक रूपमा सामसङ ब्रान्डका टेलिभिजन पाउनेछन्।
साथै, रु. ५०० भन्दा माथिको प्रत्येक क्यूआर कारोबारमा २० रिवार्ड पोइन्ट उपलब्ध हुनेछ, जसलाई नगद वा वस्तुको रूपमा प्रयोग गर्न सकिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण