फुटुङबाट एक जनालाई अपहरण गरेर बन्धक बनाएको आरोपमा ३ जना पक्राउ
काठमाडौँ । काठमाडौँको तार्केश्वर नगरपालिका स्थित फुटुङबाट एक जनालाई अपहरण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तार्केश्वर–१ घर भएका विराट सिंह लवट ‘मगल दास’, सोही ठाउँका ४४ वर्षीय राज लवट खत्री र तार्केश्वर वडा नम्बर–७ घर भएका ३९ वर्षीय सन्तोष महर्जन छन् ।
आरोपीहरूले सोमबार मध्यान्ह तार्केश्वर–७ फुटुङ घर भएका राजु पण्डितलाई अपहरण गरेका हुन् । घटनाको सुचना प्राप्त भएको दुई घण्टापछि पीडितलाई उद्धार गरिएको प्रहरी वृत्त बालाजुका डीएसपी ज्ञान बहादुर विष्टले रातोपाटीलाई बताए ।
जग्गा कारोबारको लेनदेन विवादमा आरोपीहरूले पण्डितलाई अपहरण गरेर २ करोड २३ लाखको चेक काटेको भेटिएको छ । पीडितलाई फुटुङ चोकबाट लगेर मंगल दासको घरमा राखेर बन्धक बनाएको र चेक काट्न लगाएको डीएसपी विष्टले बताए । चेकमा पीडितले हस्ताक्षर गरेका छैनन् ।
मंगल दासले पीडितसँग ६३ लाख लिनुपर्ने र सो रकम नदिएपछि अपहरण गरेको अनुसन्धान अधिकृतहरूसँग बताएका छन् । घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण