१० बजे १० समाचार : उम्मेदवार छान्न रास्वपाकै बाटोमा राप्रपा, गोंगबुको घरमा नगद र सुन
आज २०८२ भदौ १७ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
- गोंगबुमा नगद र सुन
मंगलबार प्रहरीले छापा मारेर गोंगबु स्थित विनोद श्रेष्ठको घरबाट ४ करोड २५ लाख ५० हजार नगद बरामद गरेको छ । गोरखाको गोरखा नगरपालिका वडा नम्बर–१ घर भएर काठमाडौँ–२६ मा घर बनाएर बसेका श्रेष्ठको घरमा त्यति नगद मात्र भेटिएन, सुनका गहना पनि अत्यधिक भेटिएको छ ।
- वीरगञ्ज हैजा प्रकोप
वीरगञ्जमा हैजा सङ्क्रमण देखिएको डेढ साता बितिसकेको छ । तर हैजा कसरी सुरु भयो भन्ने हालसम्म पहिचान हुन सकेको छैन । सरकारले परीक्षणका लागि नमुना पठाएको बताए पनि डेढ सातासम्म पनि रिपोर्ट नआउनुले विभिन्न आशङ्का उब्जाएको छ ।
- लिपुलेक विवाद
प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकको विषयमा चीनका राष्ट्रपति सी चीनफिङसमक्ष उनकै भूमिमा कुरा राखे । जसको चर्चा यतिवेला देशभित्र मात्र होइन, बाहिर पनि छ ।
- ‘काउन्टर’ प्रस्ताव
नेकपा एमालेको दोस्रो विधान महाधिवेशन नजिकिँदै गर्दा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता विवाद प्रकरण थप पेचिलो बन्ने देखिएको छ । पार्टीको नवौँ केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता कायम रहन नसक्ने निर्णय गरेपछि चर्किएको विवाद विधान महाधिवेशनसम्मै पुग्ने देखिएको छ ।
- उपनिर्वाचन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय समितिको बैठक मंगलबार बसेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले रुपन्देहीको क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि नवीन अभ्यासको रूपमा प्रारम्भिक निर्वाचन प्रणाली अवलम्बन गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ जिल्ला, प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा क्षेत्र नं. २ को रिक्त स्थानमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।
- निजामती विधेयक
बहुचर्चित सङ्घीय निजामती विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । मंगलबारको बैठकले सर्वसम्मत विधेयक पारित गरेको हो । उक्त विधेयक गत असार १५ गते प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा गएको थियो । प्रतिनिधिसभाले पठाएको ६० दिनभित्र सन्देशसहित फिर्ता पठाउने अन्तिम दिन विधेयक पारित भएको हो ।
- नजिरकै भर
सर्वोच्च अदालतले संयुक्त आत्महत्या (सुसाइड प्याक्ट) लाई कसुर परिभाषित गरी सजायको व्यवस्था गर्न कानुन बनाउन निर्देशनात्मक आदेश जारी गरेको चार वर्ष भयो, तर कानुन बन्न सकेको छैन ।
- नयाँ शुल्क
हिमाल आरोहणमा नयाँ शुल्क कार्यान्वयनमा आएको छ । सरकारले २०८१ माघमा जारी गरेको पर्वतारोहण नियमावली अनुसार सेप्टेम्बर महिनादेखि नयाँ शुल्क कार्यान्वयन गरिएको हो ।
- सडकको अवस्था
अहिले दसैँ–तिहार, छठजस्ता ठुला चाडपर्व नजिकिइसकेका छन् । चाडपर्वको समयमा सडक यातायातमार्फत ठुलो सङ्ख्यामा मानिस आउजाउ गर्छन् । यसलाई मध्यनजर गर्दै सडक विभागले विशेष गरी काठमाडौँलाई जोड्ने मुख्य राजमार्गलाई चुस्त–दुरुस्त राख्नका नियमित रूपमा मर्मत सम्भार तथा खाल्डाखुल्डी पुर्ने कार्य भइरहेको जनाएको छ ।
- एकताका लागि पहल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबिच भेटवार्ता भएको छ । नेकपा एसकाे पार्टी केन्द्रीय कार्यालय आलाेकनगरमा मंगलबार उनीहरूबिच भेटवार्ता भएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण