मनाङ प्रदेशसभा–२ उपनिर्वाचन : आयोगद्वारा दल दर्ता गर्न आह्वान
सारांश
- निर्वाचन आयोगले मनाङ जिल्ला, प्रदेश सभा क्षेत्र नं. २ मा उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ।
- उपनिर्वाचन कात्तिक १७ गते हुने र यसमा भाग लिन दलहरूले निवेदन दिनुपर्नेछ।
- प्रदेश सभा सिटमा दीपक मनाङे दोषी ठहर भएपछि उपनिर्वाचन हुन लागेको हो।
काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ जिल्ला, प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा क्षेत्र नं. २ को रिक्त स्थानमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।
आयोगका अनुसार कात्तिक १७ गते हुने उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले निवेदन दिनुपर्नेछ। नेपाल संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता प्रक्रियामा सहभागी हुन सकिने आयोगले जनाएको छ।
यसअन्तर्गत राजनीतिक दलहरूले भदौ १९ गतेदेखि २५ गतेसम्म कार्यालय समयभित्र निवेदन दिनुपर्ने मंगलबार जारी सूचनामा उल्लेख छ। निवेदन राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा तयार गर्नुपर्ने सूचनामा उल्लेख छ । उक्त प्रदेशसभा सिटमा निर्वाचित दीपक मनाङे ज्यान मुद्दामा दोषी ठहर भएसँगै उपनिर्वाचन हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण