भेटवार्ता
प्रचण्ड र माधवबिच भेटवार्ता, बाम एकताका लागि पहल गरिने
मङ्गलबार, १७ भदौ २०८२, १८ : ४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबिच भेटवार्ता भएको छ ।
नेकपा एसकाे पार्टी केन्द्रीय कार्यालय आलाेकनगरमा मंगलबार उनीहरूबिच भेटवार्ता भएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले बताए ।
उनका अनुसार बैठकमा समाजवादी मोर्चालाई सक्रिय बनाउने, बाम एकताका लागि पहल गर्ने विषयमा छलफल भएको हो ।
त्यस्तै पार्टीभित्र देखिएका असमझदारीलाई निराकरण गर्ने विषयमा पनि छलफल भएको उपमहासचिव भट्टराईले बताए ।
बैठकमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ,नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे लगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण