दिक्तेल रुपाकोट मझुवागढीमा मासुका लागि राँगापालन
सारांश
- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मासुका लागि व्यावसायिक राँगापालन सुरु गरेको छ।
- नगरपालिकाले उन्नत जातका राँगा खरिद गरी किसानलाई वितरण गरेको छ, जसबाट स्वरोजगार सिर्जना भएको छ।
- कृषिलाई व्यवसायीकरण गर्ने नीतिअनुसार नगरपालिकाले कफी नर्सरी स्थापना गरेको छ, जसबाट वार्षिक १२ अर्ब आम्दानी हुने अनुमान छ।
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले सुरु गरेको मासुका लागि व्यावसायिक राँगापालन प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा विनियोजित रु ४३ लाखबाट समूह तथा व्यक्तिको २५ प्रतिशत लागत सहभागितामा उन्नत जातका राँगा खरिद गरेर वितरण गरेको थियो ।
तराईबाट खरिद गरेर ल्याइएका उन्नत जातका ४०० वटा राँगामध्ये वडा नं. ३ बाम्राङमा ८३, वडा नं. ४ खाल्लेमा ५९, वडा नं. ५ लफ्याङमा ५२, वडा नं. ७ दोर्पाचिउरीडाँडामा १५ र वडा नं. १५ विजयखर्कमा ४१ वटा वितरण गरिएको नगरपालिकाका पशु शाखा प्रमुख गणेशप्रसाद आचार्यले जानकारी दिए । नगरपालिकाले विनियोजन गरेको बजेट कृषक समूहको खातामा जम्मा गरिदिएपछि समूह आफैले उन्नत जातका राँगा खरिद, ढुवानी तथा वितरण गरेको जनाइएको छ ।
नगरवासीलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउँदै राँगाको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले लागू गरिएको कार्यक्रम प्रभावकारी बन्दै गएको उपप्रमुख विशन राईले बताए । उनले भने, “अघिल्लो वर्ष यो कार्यक्रमअन्तर्गत ४०० वटा राँगा खरिद गरेर वितरण गरेका थियौँ । एउटा राँगाको मूल्य रु ६० हजारसम्म पुगेको छ, चालु आवमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजाने योजनामा छौँ ।”
राँगा तथा भैँसीपालन कार्यक्रमले प्राङ्गारिक मलसमेत उत्पादन हुने भएपछि तरकारी तथा कृषि उपज उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ । गत वर्षको नगरसभाबाट पारित नीति तथा कार्यक्रमअन्तर्गत नगरपालिकाले कृषिलाई व्यवसायीकरण गर्ने कार्यक्रम अगाडि बढाएको हो ।
जिल्लाको सबैभन्दा ठुलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पशुपालनसँगै केरा, किबी, कागती, सुन्तला, कफी, चिया तथा तरकारीको व्यावसायिक खेतीका लागि कृषकहरुलाई अनुदान उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले वडा नं। ६ नेर्पा र वडा नं. १४ बुइपामा कफीका नर्सरी नै स्थापना गरेको छ ।
नगरपालिकाको लगानीमा दुवै ठाउँ स्थापना गरिएको नर्सरीमा कफीका १७ लाख बिरुवा हुर्किएका छन् । बाहिरबाट खरिद गरिएको बिरुवाभन्दा आफैले उत्पादन गरेका बिरुवा सस्तो हुने भएकाले पनि कफीको नर्सरी स्थापना गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले बताए ।
नगरपालिकाले स्थापना गरेको दुवै ठाउँका कफीको नर्सरीमा दैनिक ज्यालादारीका करिब १०० जना कामदार खटिएका छन् । कृषिलाई व्यवसायीकरण गर्ने कार्यक्रमअन्तर्गत कफीले फल दिन थालेपछि नगरपालिकामा प्रतिवर्ष रु १२ अर्ब रकम भित्रिने आकलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको वार्तामा अन्योल उत्पन्न भएपछि राष्ट्रपति ट्रम्प क्याम्प डेभिड प्रस्थान गर्दै
-
म्याग्दीमा रासायनिक मलको अभाव
-
‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को उपाधि प्रितम र सपनालाई
-
अमेरिका र अस्ट्रेलिया भिड्दै, यस्तो छ अघिल्लो चरणको समीकरण
-
१२ बजे १२ समाचार: मन्त्रीको निवासमा प्रहरी पुगेपछि तरङ्गदेखि ६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुनसम्म
-
क्षेत्रीय शान्तिका लागि पाकिस्तानी प्रधानमन्त्री र साउदी क्राउन प्रिन्सबिच संवाद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण