'चीन र भारत मिलेपछि विश्व शक्ति एसियामा केन्द्रित'
सारांश
- एससीओ सम्मेलनमा चीन र भारत नजिकिँदा एसियामा विश्व शक्ति केन्द्रित भएको विज्ञहरूको भनाइ छ।
- नेपाल-चीन कूटनीतिक सम्बन्धको ७० वर्ष पुगेको अवसरमा, चीन-भारत एकताको लाभ नेपालले उठाउनुपर्ने बताइएको छ।
- विज्ञहरूले प्रधानमन्त्री ओलीको उच्चस्तरीय भेटवार्ता र प्रस्तुतीकरणलाई कूटनीतिक क्षेत्रमा महत्त्वपूर्ण मानेका छन्।
काठमाडौँ । चीनमा सम्पन्न सांघाई सहयोग सङ्गठन (एससीओ) सम्मेलनमा चीन र भारत नजिकिएसँगै विश्व शक्ति एसियामा केन्द्रित भएको विज्ञहरूले बताएका छन् ।
सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिता तथा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेन्डस अन क्लाउडले गरेको कार्यक्रममा उनीहरूले चीन–भारत एकताको लाभ नेपालले उठाउन सक्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा अस्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत महेशराज दाहाल, जापानका लागि नेपालका पूर्व राजदूत डा विष्णुहरि नेपाल,प द्वन्द्व विशेषज्ञ डा विष्णुराज उप्रेती, एमालेका विदेश विभाग सदस्य गोपाल खनाल र क्लाउडका अध्यक्ष शोभित उप्रेतीले प्रधानमन्त्री ओलीको उच्चस्तरीय भेटवार्ता र प्रस्तुतीकरण कूटनीतिक क्षेत्रमा कोशेढुंगा साबित भएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले उठाएको सीमा विवादको सन्दर्भलाई चिनियाँ पक्षले नोटमा लिएको दाबी गर्दै उनीहरूले त्यसको परिणाम समयक्रममा देखिने धारणा राखे ।
भारत र चीनको एकतामा रुसपनि एकसाथ रहेकाले पश्चिमा शक्ति कमजोर हुँदै गएको उनीहरूको ठहर छ । एससीओ सम्मेलनपछि एसियामा विकासको गति पनि तीव्र हुने उनीहरूको विश्वास छ ।
नेपालको समग्र विकासमा चीन र भारतको महत्त्वपूर्ण योगदान रहेकाले नेपालले कूटनीतिक कौशलता र सशक्त संवादमार्फत सीमा लगायतका समस्या समाधान गर्नुपर्ने उनीहरूको सुझाव छ ।
प्रधानमन्त्रीले विदेशी भूमिमा देशको पक्षमा अडान लिएका बेला देशभित्र केही दल र नेताहरूले अनावश्यक भ्रम र हल्ला गर्नु दुःखद भएको उनीहरूले बताए । प्रधानमन्त्रीले जलवायु, कृषि, विकास, पूर्वाधार लगायत विश्व जगतका साझा मुद्दा पनि सम्मेलनमा उठाएको जानकारी उनीहरूले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण