बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

भीषण वर्षापछि गुरुग्राममा ८ घण्टा लामो ट्राफिक जाम !

बुधबार, १८ भदौ २०८२, ०६ : ३०
बुधबार, १८ भदौ २०८२

सारांश

  • भारतको गुरुग्राममा भारी वर्षाका कारण ट्राफिक जाम हुँदा हजारौं यात्रुहरू ६ देखि ८ घण्टासम्म सडकमा फसे।
  • स्थानीय विपद् व्यवस्थापन प्राधिकरणले वर्षा जारी रहने पूर्वानुमान गर्दै कार्यालय, विद्यालय र कलेजलाई घरबाटै काम गर्न सिफारिस गरेको छ।
  • सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गुरुग्रामको कमजोर पूर्वाधार र ट्राफिक व्यवस्थापनको आलोचना गरेका छन्।

नयाँ दिल्ली । भारतको सम्पन्न उपनगरमध्ये एक गुरुग्राममा सोमबार वर्षाले ट्राफिक पूर्णरूपमा अवरुद्ध बनाउँदा हजारौँ यात्रुहरू ६ देखि ८ घण्टासम्म सडकमै अल्झिनुपर्‍यो।

दिल्ली नजिकै रहेको गुरुग्राम भविष्यवादी गगनचुम्बी भवन र ठुला कर्पोरेट अफिसहरूको लागि चिनिन्छ। तर यस किसिमको ट्राफिक जामले सहरको कमजोर पूर्वाधारप्रति प्रश्न उठाएको छ।

स्थानীয় विपद् व्यवस्थापन प्राधिकरणले मंगलबार कार्यालय, विद्यालय र कलेजहरूलाई घरबाटै काम गर्न सिफारिस गरेको छ, किनकि अझै वर्षा हुने पूर्वानुमान गरिएको छ।

यस वर्ष भारतका विभिन्न भागमा आएको भीषण वर्षा र बाढीले सयौँको ज्यान गइसकेको छ। गुरुग्राममा भने मुख्य राजमार्गको १० किलोमिटरभन्दा लामो सडकमा गाडीको अन्त्य नदेखिने जाम परेको स्थानीय मिडियाले जनाएका छन्।

सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले आक्रोश पोखेका छन्। ‘यति महँगो भाडा तिरेर बस्दा घर पुग्न यो अवस्था,’ एक प्रयोगकर्ताले लेखेका छन्। कतिपयले त हिँडेरै चाँडो पुगिने भन्दै व्यङ्ग्य पनि गरेका छन्।

गुरुग्राम, प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा)ले शासन गरिरहेको हरियाणा राज्यअन्तर्गत पर्छ। यस सहरमा गुगल, मेटा, अमेरिकन एक्सप्रेस र सामसङजस्ता ठुला कम्पनीहरूको क्षेत्रीय मुख्यालय रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप